शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फिफा अध्यक्षको आरोप : कतारको मानवअधिकारबारे पश्चिमाले ‘पाखण्डी’ रिपोर्टिङ गरे

फिफा अध्यक्षको आरोप : कतारको मानवअधिकारबारे पश्चिमाले ‘पाखण्डी’ रिपोर्टिङ गरे

दोहामा आयोजित विश्पकपको कन्फरेन्समा उनले करिब ४५ मिनेट बोलेका थिए। मानवअधिकारको कुराले कतार विश्वपक नै छायामा परिरहेका बेला अध्यक्षको वक्तव्यले पुनः एक पटक बहस सिर्जना गरेको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्टिनोले कतारको मानवअधिकारबारे पश्चिमा देशहरुले गलत रिपोर्टिङ गरेको अरोप लगाएका छन्। कतारमा विश्वकप सुरु हुनुभन्दा एक दिनअघि मात्र फिफा अध्यक्षको यस्तो टिप्पणी आएको हो। उनले विश्वकपको 'पूर्वसन्ध्या'मा पश्चिमाहरूले हिप्पोक्रेसी (पाखण्डी) रिपोर्टिङ गरेको आरोप लगाएका हुन्।

National life

दोहामा आयोजित विश्पकपको कन्फरेन्समा उनले करिब ४५ मिनेट बोलेका थिए। मानवअधिकारको कुराले कतार विश्वपक नै छायामा परिरहेका बेला अध्यक्षको वक्तव्यले पुनः एक पटक बहस सिर्जना गरेको छ। 

कतारमा रंगशाला, होटेल, बाटो र रेलवे ट्राक बनाउने क्रममा हजारौं आप्रवासी कामदारको मृत्यु भएको थियो। त्योभन्दा धेरै संख्यामा घाइते भएका छन् भने कतिलाई दीर्घकालीन रोग लागेको छ।

पछिल्लो समय कतारमा छोटो लुगा लगाउन नपाउने, मदिरा सेवन गर्न नपाउने साथै लैंगिक अल्पसंख्यक (एलजीबिटी)सम्बन्धी मुद्दाले स्थान पाइरहेका छन्। कतारले यस्तो कुराहरुमा प्रतिबन्ध लगाएको छ।

इन्फान्टिनोले सभालाई सम्बोधन गर्दै भने, ‘मैले आज विश्वास दह्रो बनाएको छु, मैले आफूलाई कतारी अनुभव गरिरहेको छु। मैले अरबको अनुभव गरिरहेको छु। त्यति मात्र नभएर मैले अफ्रिकन र अशक्तका साथै प्रवासी कामदारको पनि अनुभव गरिरहेको छु।’

Laxmi sunrise bank
kumari

गएको वर्ष द गार्जिएनले एक रिपोर्टमा ६ हजार ५ सयभन्दा बढी नेपाली, भारती, बंगाली कामदारको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो। यो सबै कतारले विश्वकपको आयोजना जितेपछिको कुरा हो। यो तथ्यांकलाई कतारले गलत र भ्रामक भएको बताएको छ। त्यही कुरा आज इन्फान्टिनोले दोहार्‍याएका हुन्।

‘यदि युरोपले यी मानिसहरूको भाग्यको बारेमा साँच्चै चासो राख्छ भने तिनीहरूले कानुनी रुपमा त्यहाँ रोजगारी सिर्जना गर्न सक्छन् – कतारले जस्तै,' इन्फान्टिनोले भनेका छन्, 'यी धेरै कामदारहरू काम गर्न युरोपमा आउन सक्छन्। बरु उनीहरूलाई केही भविष्य, केही आशा दिनुहोस्। यो एकतर्फी नैतिक कुराहरु पाखण्डी हुन्। मलाई अचम्म लाग्छ किन कसैले यहाँ २०१६ पछि भएको प्रगतिलाई मान्यता दिँदैन।’

प्रकाशित: Nov 19, 2022| 16:00 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।