सोमबार, वैशाख २८, २०८३

मुस्ताङमा दुई विदेशी महिला पर्यटकको मृत्यु

शुक्रबार बिहान थाइल्याण्डकी ४९ वर्षीया राटाया फिलाइसेङगसुरी र ३७ वर्षीया पेनी अरनलुमको मृत्यु भएको आरसल्याण्ड ट्रेकिङ एजेन्सी कम्पनीले जनाएको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

जोमसोम- मुस्ताङको मेसोकोन्दोपास फेदीमा दुई विदेशी महिला पर्यटकको मृत्यु भएको छ। शुक्रबार बिहान थाइल्याण्डकी ४९ वर्षीया राटाया फिलाइसेङगसुरी र ३७ वर्षीया पेनी अरनलुमको मृत्यु भएको आरसल्याण्ड ट्रेकिङ एजेन्सी कम्पनीले जनाएको छ।

National life

नोभेम्बर ११ मा लमजुङको बेसी सहरदेखि मनाङ हुँदै राउण्ड चक्रिय अन्नपूर्ण पदमार्ग यात्रामा निस्किएका १२ जना विदेशी, ८ जना भरिया र २ जना प्रथप्रर्दशक टोली गरी २२ जना समूह नोभेम्बर १७ मा तिलिचो ताल आइपुगेका थिए।

पदमार्गमा निस्किएको उक्त टोली बेसी सहरबाट ६ दिनको पदयात्रापछि तिलिचो तालमा आइपुगेको थियो।

मनाङबाट तिलिचो ताल हुँदै मेसोकोन्दो पासको अग्लो पहाड छिचोलेर मुस्ताङको ठिनी गाउँ झर्ने क्रममा समुन्द्री सतहदेखि ४२ सय मिटर अग्लो उचाइको मेसोकोन्दो पासको फेदीमा थाइल्याण्डका दुई पर्यटकको मृत्यु भएको आरसल्याण्ड ट्रेकिङ एजेन्सी कम्पनीका प्रतिनिधि कुङ्गा शेर्पाले जानकारी दिए। 

तिलिचो ताल हुँदै मुस्ताङ झर्ने क्रममा दुई विदेशी महिला पर्यटक बिरामी परेर घाइते भएका थिए। अत्यधिक चिसो र हाईअल्टिच्युडले बिरामी भएका ३७ वर्षीया फनिता नाकासिङ र ४२ वर्षीया महिला पर्यटक माथुरा टसाईकानानको शुक्रबार दिउँसो एअर डाइनोष्टिकको माउण्टेन हेलीले मुस्ताङबाट उद्दार गरेको थियो।

अन्नपूर्ण पदमार्गमा हिंडेका २२ जनामध्ये एक विदेशी र एक नेपाली तिलिचो तालबाट पुनः मनाङ फर्किएका छन् भने सकुशल रहेका १४ जना विदेशी पर्यटक र भरियाहरु शुक्रबार साँझ जोमसोम आइपुगेका थिए। 

मेसोकोन्दोपासमा मृत्यु भएको दुई विदेशी महिलाको लाश कुर्न दुई भरिया मेसोकोन्दोपासको फेदीमै बसेका छन्।

प्रकाशित: Nov 19, 2022| 14:01 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।