सोमबार, वैशाख २८, २०८३

बर्दियामा ट्रयाक्टर पल्टिएर चालकको मृत्यु

बर्दियाको राजापुर स्थित कर्णाली नदीको तटबन्धन सडकमा गुडिरहेको ट्रयाक्टर पल्टिँदा चालकको ज्यान गएको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

गुलरिया- बर्दियाको राजापुर स्थित कर्णाली नदीको तटबन्धन सडकमा गुडिरहेको ट्रयाक्टर पल्टिँदा चालकको ज्यान गएको छ। 

National life

राजापुर नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय किशोर थारुको ट्रयाक्टरमा च्यापिएर मृत्यु भएको हो।

कर्णाली नदीको तटबन्धन मार्ग हुँदै अनन्तपुर जाने क्रममा भे २ त १००० नम्बरको आफैँले चलाएको ट्रयाक्टर पल्टिएर च्यापिएपछि चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिए। 

ट्रयाक्ट अनियन्त्रित भइ पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। मृतकको पोस्टमार्टम र घटनाको विस्तृत अनुसन्धान भैरहेको उनले बताए।

प्रकाशित: Nov 19, 2022| 13:34 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।