सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओखलढुंगाका एकै स्थानमा दुई बम फेला, सेनाद्धारा डिस्पोज

ओखलढुंगाका एकै स्थानमा दुई बम फेला, सेनाद्धारा डिस्पोज

जिल्लाको मोलुङ गाउँपालिका ३ मा आज बिहानै फेला परेको दुई वटा शंकास्पद वस्तु बम भएको पुष्टी भएको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

ओखलढुंगा- जिल्लाको मोलुङ गाउँपालिका ३ मा आज बिहानै फेला परेको दुई वटा शंकास्पद वस्तु बम भएको पुष्टी भएको छ।

National life

मोलुङ गाउँपालिकाको वडा नम्बर ३ प्राप्चा र वडा नम्बर ४ हर्कपुर जोड्ने कुल खोलाको पक्की पुलमा शंकास्पद वस्तु फेला परेको थियो।

पुलको दुवैतर्फ ढुङ्गाले सडक अबरोध गरेर प्रेसर कुकुरमा तार जोडेर खतरा लेखिएको थियो भने अर्कोतर्फ स्टिलको क्यानमा तार जोडेर खतरा लेखिएको वस्तु फेला परेको थियो।

शंकास्पद बस्तुसँगै नेपाल कम्युष्टि पार्टी (क्रान्तीकारी माओवादी) को चुनाव बहिष्कार सम्बन्धि पोस्टर र पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ

बाटोमा हिँड्ने क्रममा संकास्पद वस्तु फेला परेपछि स्थानीयले नजिकको प्रहरीलाई खबर गरेका थिए।

खबर पश्चात सदरमुकामबाट थप नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्फोजर टोली त्यसतर्फ गएको थियो।

टोलीले आवश्यक छानबिन गर्दा उक्त २ वटै शंकास्पद बस्तु बम भएको पुष्टी भएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए।

प्रकाशित: Nov 19, 2022| 13:22 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।