सोमबार, वैशाख २८, २०८३

भक्तपुरमा पानी ट्यांकरको ठक्करबाट बालकको मृत्यु

भक्तपुरमा पानी ट्यांकरको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

काठमाडौं- भक्तपुरमा पानी ट्यांकरको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ। 

National life

शनिबार बिहान १० बजे भक्तपुर नगरपालिका-२ झौखेलबाट ब्यासी आउँदै गरेको बा५ख ९१४२ नम्बरको पानी ट्यांकरले एक जना बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। 

ठक्करबाट रामेछाप सुनापाती गाउँपालिका-४ घर भई ब्यासी बस्ने रवीन्द्र तामाङका सात वर्षीय छोरा विवेशको मृत्यु भएको परिसर प्रवक्ता डीएसपी राजु पाण्डेले बताए। 

सडकमा खेलिरहेका बेलामा उनलाई ट्यांकरले ठक्‍कर दिएको हो। ठक्करपछि गम्भीर घाइते भएका बालकको उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। 

प्रारम्भीक अनुसन्धान गरी ठक्कर दिने पानी ट्यांकर र भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने ४५ वर्षीय सिताराम पक्का नेवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। परिसरले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित: Nov 19, 2022| 12:10 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।