शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी हिरासतमा ज्यान गुमाएका राम मनोहरको छानविन संसदीय समितिले गर्ने 

प्रहरी हिरासतमा ज्यान गुमाएका राम मनोहरको छानविन संसदीय समितिले गर्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरुले गुलरियामा स्वाथ्य मन्त्री उपेन्द्र यादवको कार्यक्रममा कालो झण्डा देखाउँदा प्रहरी हिरासतमा निधन भएका राममनोहर यादवको न्यायिक छानबिन गर्न माग गरेका छन्।

७ साउनमा प्रहरीले हिरासतमा लिएका यादवको १६ साउनमा निधन भएको थियो। उनको निधनको कारण कुटपीटबाट नभएको र रोगको कारणले निधन भएको मेडिकल रिपोर्टले देखाएको गृहमन्त्री थापाले बताएका थिए। तर गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै राजापाका सांसदहरुले उठेर सदनको कारबाही अबरुद्ध गरेपछि सभामुख कृष्णबहादुर महराले सबै दलसँगको सहमतिमाम संसदीय समिति गठन गर्ने जनाएका थिए। 

संसदीय छानबिन समिति गठन गर्न सभामुख सकारात्मक भएपछि सदनको काबारही नियमित भएको थियो। गृह मन्त्री थापाले भने कालोझण्डा  देखाउने यादवले ७ साउनमा जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा घृणादेश फैल्याउने गरी क्रियाकलापमा लागेको आरोप लगाए।
 
उनले नियन्त्रणमा लिइएका यादव सिके राउतको कार्यकर्ता समेत भउकोले प्रहरीले नियन्त्रणमा लिएको बताए। उनले यादव ७ साउनमा हिरासतमै विरामी भएपछि पहिले बर्दिया अस्पताल, पछि उपचार हुन नसकी भेरी अञ्चल अस्पताल र १५ साउनमा उनका नातेदार दीपक पासीसमेतले काठमाडौ ल्याएकोमा १६ साउनमा निधन भएको जनाए।

राजपा सांसद कर्णले सिके राउतको मान्छे भयो भन्दैमा हिरासतमा मार्न मिल्छ? हिरासतमा मान्छे मार्न पाउने कानुन कहाँ छ? भनी प्रश्न गरेका थिए। 
यसअघि सांसदहरु बालकृष्ण खाँड, डा अमरेसकुमार सिंह, भरतकुमार साह, राजकिशोर यादव लगायतले यादव घटनाको छानबिन गर्न माग गरे। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।