सोमबार, वैशाख २८, २०८३

भीमफेदीमा पुरुषको शव फेला

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर-८ ईपास्थित गंगटे जंगलमा एक जनाको शव फेला परेको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर-८ ईपास्थित गंगटे जंगलमा एक जनाको शव फेला परेको छ। 

National life

शुक्रबार साँझ हेटौंडा-८ निवासी २५ वर्षीय कृष्ण मोक्तानको शव जंगलको खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

भीमफेदी र बकैयाँ गाउँपालिकाको सिमानामा पर्ने लटरम्भेश्वर मन्दिर जाने बाटोबाट करिब ५ सय मिटर तल खोल्सामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रारम्भिक अनुसन्धानबाट मोक्तानको लडेर मुत्यु भएको हुनसक्ने अनुमान गरिए पनि एकिन भने भइनसकेको प्रवक्ता कार्कीले बताए। मोक्तानको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालस्थित शव गृहमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: Nov 19, 2022| 09:50 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।