सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चमेलिया पुलमा राखिएको 'प्रेसर कुकर बम' सेनाद्वारा निष्क्रिय

चमेलिया पुलमा राखिएको 'प्रेसर कुकर बम' सेनाद्वारा निष्क्रिय

सडक मार्गबाट दार्चुला प्रवेश गर्ने चमेलियामाथिको पुलमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको छ। उक्त बमलाइ सेनाको टोलीले निष्क्रिय गरेको प्रहरीले जनाएको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

National life

दार्चुला- सडक मार्गबाट दार्चुला प्रवेश गर्ने चमेलियामाथिको पुलमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको छ। उक्त बमलाइ सेनाको टोलीले निष्क्रिय गरेको प्रहरीले जनाएको छ।

शनिबार बिहानै साढे २ बजेतिर उक्त प्रेसरकुकर बमजस्तै देखिने शंस्कापद वस्तु भएको यात्रुहरूले देखेका थिए। प्रहरीलाई जानकारी हुनेबित्तिकै इलाका प्रहरी चौकी गोकुलेश्वरबाट टोली खटिएको थियो। सेनाको टोलीले बिहान ७ बजे उक्त बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तर्कराज पाण्डेयले बताए।

प्रेसरकुकर माटो भरेको र बाहिर टेपले बेरेर तार निकालेको अवस्थामा भेटिएको उनले जानकारी दिए। उक्त प्रेसरकुकर कसले राख्यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Nov 19, 2022| 09:03 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।