सोमबार, वैशाख २८, २०८३

विराटनगरमा बमजस्तो शंकास्पद वस्तु भेटियो

विराटनगरमा एकाबिहानै बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ। विराटनगर महानगरपालिका-३ पुष्प मार्गमा शनिबार बिहान ६:२५ बजेतिर शंकास्पद वस्तु फेला परेको हो।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

विराटनगरमा- विराटनगरमा एकाबिहानै बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ। विराटनगर महानगरपालिका-३ पुष्प मार्गमा शनिबार बिहान ६:२५ बजेतिर शंकास्पद वस्तु फेला परेको हो।

National life

सडकको छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। 

उनका अनुसार शंकास्पद वस्तु भेटिएको स्थान वरपर सर्वसाधारण तथा सवारीसाधनको आवतजावतमा रोक लगाउँदै प्रहरीले घटनास्थलाई सुरक्षित राखेको छ। उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै छ। 

सेनाको टोली घटनास्थल आइपुगेपछि उक्त वस्तु बम हो कि हैन भनेर यकिन हुने प्रहरीले जनाएको छ। आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित एवं मतदातालाई त्रसित पार्ने उदेश्यले त्यस्ता वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित: Nov 19, 2022| 08:19 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।