सोमबार, वैशाख २८, २०८३

विभिन्न हातहतियारसहित तीन जना पक्राउ

बासगढी नगरपालिका-२ सिमलघारीबाट विभिन्न हातहतियार सहित तीन जना शुक्रबार बिहान पक्राउ परेका छन्।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

National life

बर्दिया- बासगढी नगरपालिका-२ सिमलघारीबाट विभिन्न हातहतियार सहित तीन जना शुक्रबार बिहान पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका-२ सिमलघारी बस्ने ५२ वर्षीय रत्न बहादुर राना, ६२ वर्षीय प्रेम बहादुर मल्ल र ५५ वर्षीया लालमाया पुन रहेका छन्।

उक्त स्थानमा हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना रम्मापुर चेकपोष्ट समेतबाट संयुक्त रूपमा खटिएको टोलीले तलासी गर्दा रत्न बहादुरको घरबाट भरुवा बन्दुक एक थान, प्रेम बहादुरको घरबाट बाह्रबोरको बन्दुक एक थान र सोही बन्दुकको नाल १ थान, रतुवाको सिङ र खुर तथा लालमायाको घरबाट  भरुवा बन्दुक एक थान फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धानको लागि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ।

प्रकाशित: Nov 19, 2022| 08:13 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।