काठमाडौं- कञ्चनकपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा छानबिन गरिरहेको सरकारी समितिमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रभावित पारेको कांग्रेसका यूवा नेता गगन थापाले आरोप लगाएका छन्।
कञ्चनपुर हत्या प्रकरण लगायतका बिषयमा शुक्रबार प्रतिनिधिसभामा जानकारी दिएका गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिप्रश्न गर्दै नेता थापाले भने ‘जनतासँग प्रधानमन्त्री’नामक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले छानबिनलाई नै प्रभावित पार्ने गरी बोलेकोले आइन्दा त्यसरी नबोल्न भनियो?
थापाले भने, ‘छानबिन र अनुसन्धानलाई प्रभावित नगर्न सांसदहरुलाई आग्रह गर्नु पहिले निष्पक्ष छानबिनलाई प्रभावित हुने गरी जथाभावि बोल्ने प्रधानमन्त्रीलाई नबोल्न प्रश्न गर्ने हिम्मत गर्नुभयो?’सांसद थापाले अनिता बम र रोसनी बम सोधपुछको लागि प्रहरीले साथमा लिएर छानबिन गरेको र आरोप प्रमाणित नभएमम्म केही भन्न नमिले पनि प्रधानमन्त्रीले किन एकपक्षिय ढंगले बोल्नु परेको भनी प्रश्न गरे?
जवाफमा गृहमन्त्री बादलले प्रधानमन्त्रीलाई सोध्नु भयो कि भएन भनेर प्रष्न गम्भिर भएकोले प्रधानमन्त्रीलाई आफूले प्रस्न नगरी घटनाको छानबिन छिटोभन्दा छिटो गरी परिणाममा पुर्याउन निर्देशन पाएको बताए।
प्रतिनिधिसभाको शुक्रबारको बैठक सत्ता र विपक्षी सांसदहरुले कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको हत्याको छानबिन गर्न सरकारले ढिलाई गरेको, प्रहरी, प्रशासन र राजनितीको आबरण दोषीलाई संरक्षण गरिएको आरोप लगाए।
प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले निर्मला पन्तको हत्या प्रकरणमा छानबिन समितिका सदस्य विरेन्द्र केसीले शक्तिशाली अपराधिबाट आफू असुरक्षीत भएको भनेकोले त्यस्तो शक्तिशाली व्यक्तिको पहिचान गरी कारबाही गर्न सरकारसँग माग गरे। सिंहले शक्तिशाली मान्छे पत्ता लगाउन वा राज्यलाई त्यस्तो व्यक्तिको जिम्मा लगाउनु पर्ने माग गरे।
सांसद भरतकुमार शाहले निर्मला पन्तको हत्या भएको ५० दिनमा पनि अपराधी पत्ता नलगाउनु दुखद भएको बताए। उनले अनुसन्धान गर्नु पर्ने व्यक्तिको भर्खरै डीएनए परिक्षण ढिलाई गरेर घटनालई ढाकछोप गर्न खोजेको आरोप लगाए।
सांसद सञ्जय गौतमले बलात्कार र हत्या जस्तो अपराधिक घटना अहिलेजस्तो कहिल्यै नभएको भन्दै छानबिन समितिका सदस्य केसीले भनेको ठूलो गिरोह को हो? भनी प्रश्न गर्दै अपराधका प्रमाण नष्ट राज्य संरक्षीत निकायबाटै भएकोले संसदीय छानबिन समिति गठनको माग गरे। सांसद रंगमति शाहीले निर्मला पन्तको हत्यारा पत्ता लगाउन कति बर्ष लाग्छ?, भनी प्रश्न गरिन।
सांसद बिन्दा पाण्डेले रौतहटमा जनप्रतिनिधि नै अपराधका घटनालाई ढाकछोप गर्न मेलमिलापमा लागेको भन्दै जनप्रतिनिधि नै हिंसात्मक गतिविधिमा लागेको अवस्थामा के कारबाही भइरहेको छ भनी प्रश्न गरिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनले निर्मला पन्त हत्या प्रकरणमा सरकार किन अलमलिएको भनी प्रश्न गरे। ‘अभियुक्त को हो र साँक्षी को हो भन्ने प्रकट भएको छ’, लिङदेनले भने, ‘गलत मान्छेलाई फसाउन लाग्ने र प्रमाण नष्ट गर्ने ति प्रहरीमाथि किन छानबिन हुँदैछन्? प्रारम्भीमक छानबिन गर्ने प्रहरीमाथि छानबिन होस।’
पार्वति डिसी चौधरीले पन्त हत्या प्रकरणमा प्रहरी र राज्यले एउटा नाटक मात्र गरेको भन्दै सरकारले बम दिदी बहिनीमाथि किन छानबिन नगरेको भनी प्रश्न गरि। ‘डीएनए टेष्टबाट दिलीप विष्ट निर्दोश देखिएकोले यो सबै नियोजित त होइन भन्ने देखिएको छ’, चौधरीले भनिन्।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले पन्त घटनामा दोषीलाई उन्मुक्ति दिने काम भएको र केसीले छानबिन समितिबाट राजिनामा दिनु अघि ठूलो व्यक्तिबाट असुरक्षीत छु भनेकोले त्यस्तो थ्रेट दिनेलाई कारबाही गरियोस भनी माग गरे।
सांसद दिलेन्द्रप्रसाद बढु उच्चस्तरिय छानबिन समितिका सदस्य बीरेन्द्र केसीले बोले अनुसार उनलाई जीउको सुरक्षामाथि चुनौ दिने शक्तिशाली अपराधी को हो ? पत्ता लगाएमा अपराधी पत्ता लागउन सजिलो हुन्छ भनी सरकारलाई सल्लाह दिए।
कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले पन्तको हत्यारालाई लुकाउन सरकार लागिरहेको, महोत्तरीमा आठ महिनाको बालिकाको बलात्कारीलाई कारबाही गर्न सरकार असफल भएको र सबै घटनालाई गोलमोटल गरेर सरकारले लुकाउन खोजेको आरोप लगाइन्।
मीना सुब्बाले गृहमन्त्रीको जवाफले कुनै पनि महिलालाई पटक्कै चित्त नबुझेको भन्दै दसी प्रमाण धोइ पखाली गरी निर्दोशलाई गोली हान्दिन्छु भन्ने प्रहरी उपरिक्षक डिल्लीराज बिष्टलाई कारबाही किन नगरको भनी प्रश्न गरिन्।
राष्ट्रिय जनता पार्टीका सांसद राजकिशोर यादबले भने ‘बर्तमान सरकारमा गृह प्रशासन छ? सरकार छ ? बलात्कारका घटना पुरै राज्य र गृह प्रशासन दोषीलाई छानबिन गरेर दोषी पत्ता लाउनु भन्दा संरक्षणमा लागेको छ। अब साधरण जनताले कोसँग सुरक्षाको अपेक्षा गर्ने?
कांग्रेस सांसदमीनबहादुर बिश्वकर्माले रात रहे अग्राख पलाए भने झैं शुरु देखि नै राज्य, प्रहरी प्रशासन र राजनीतिक दलका ठूला शक्तिको संरक्षणमा सत्तारुढ दलका ठूला नेता र प्रहरीको मिलेमतोमा निर्मला पन्तको हत्यारालाई संरक्षण गरिएको दाबी गरे।
नेमकिपाका सांसद प्रेम सुवालले राति ९ बजे गएकी पन्तकी आमालाई भोली आउनु भन्ने प्रहरीलाई र निर्मलाको साईकल भेटियो भन्दा लास पनि त्यही वरीपरि होला भन्ने बम दिदी बहिनीलाई अनुसन्धान किन नगरेको भनी प्रश्न गरे।
कांग्रेसकी महेन्द्र लिम्बुले भनिन ‘गृहमन्त्रीले किन नाटक देखाएको? मेयर भजिता र एसपीका छोराले सो घटना गरेको हो। त्यसैले हामीले जोगएको हो भनेर गृहमन्त्रीले भन्नु पर्यो। होइन भने नेपाली जनताले सडक र सदनमा आन्दोलन हुन्छ। यो ३३ किलो सुन जस्तो नहोस।’
अर्की प्रमिला राईले निर्मला पन्तको हत्याको घटनामा गृहमन्त्रीको स्पस्ट जवाफ नआएको भन्दै ३३ किलो सुन खोई? सांसद निरु पालको घटनाको अनुसन्धन कहाँ पुग्यो? भनी प्रश्न गरिन।
सांसद उमाकान्त चौधरीले छानबिन समितिका सदस्यलाई धम्की दिने व्यक्ति को हो त्यो गृहमन्त्रीले जवाफ दिनु पर्ने भन्दै न्याय ढिलो दिनु भनेको न्याय नदिनु समान भएको बताए।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बम दिदी बहिनीले निर्मलाको साइकल भेटिएको वरीपरिी शब होला भन्नु र निर्दोष दिलिप बिष्टलाई याताना दिने प्रहरीलाई कारबाही र बिष्टलाई क्षतिपूर्ति दिनु पर्ने माग गरे। उनले भनिन ‘न्यायको निम्ति यत्रो आवाज उठ्दा गृहमन्त्रीले के हेरेर बस्नु भएको छ?’
सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले राज्यभन्दा शक्ति शाली ब्यक्ति को हो? भनेर मैले भन्दा पनि जसले भन्यो उसैले सोध्नु पर्ने, बिरेन्द्रबहादुर केसीले जवाफ दिनु पर्ने बताए। उनले छानबिन गर्ने क्रममा घटनास्थलमा छानबिन गर्दैगर्दा एकजना शक्तिशाली देखिने ठूलो ज्युज्यान भएको व्यक्तिले छानबिन गनेु त राम्रै हो तर त्यस्तालाई पछि हत्या हुने गरेको भनेर थाहा छनि भनेर चेतावनी दिएको जानकारी दिए।
गृहमन्त्री बादलले छानबिनको परिणाम कहिले आउला भन्ने कुरा मिति तोक्ने नमिल्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४