सोमबार, वैशाख २८, २०८३

सवारी दुर्घटनामा पत्रकार कंडेलको निधन

रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल)को मोटरसाइकल दुर्घटना परी निधन भएको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

रुपन्देही- रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल)को मोटरसाइकल दुर्घटना परी निधन भएको छ।

National life

शुक्रबार साँझ तिलोत्तमा नगरपालिका-२ जानकीनगरस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु४४प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु१क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले ठक्कर दिँदा मोटरसाइकल चालक कंडेलको निधन भएको हो।

रुपन्देहीको सैनामैना नगरपालिका-१ रानी बगिया निवासी ३५ वर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए। 

सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। विगत ढेड दशकदेखि पत्रकारितामा आवद्ध कंडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादकको रूपमा कार्यरत थिए।

प्रकाशित: Nov 19, 2022| 07:11 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।