सोमबार, वैशाख २८, २०८३

कस्तो रहला आज देशभरको मौसम?

देशको पहाडी तथा हिमाली भूभागमा आज बिहान आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

 काठमाडौं- देशको पहाडी तथा हिमाली भूभागमा आज बिहान आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। 

National life

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश-१ र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागले आज राति प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

प्रकाशित: Nov 19, 2022| 06:40 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।