सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'बेलायत पठाइदिन्छु' भन्दै ११ लाख ठग्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

'बेलायत पठाइदिन्छु' भन्दै ११ लाख ठग्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

'बेलायत पठाइदिन्छु' भन्दै ११ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- 'बेलायत पठाइदिन्छु' भन्दै ११ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं मैतिदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका-२ ठेगाना भएका ३३ वर्षीय तिलकबहादुर बस्नेत छन्। उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

National life

काठमाडौं पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका सञ्चालकसमेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायतलगायतका देशमा भिसा उपलब्ध गराउने प्रलोभन देखाएर पटक-पटक गरी उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

अनुसन्धानको क्रममा उक्त कन्सलटेन्सी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति समेत नलिई सञ्चालन गरेको पाइएपछि उनलाई पुतलीसडकबाट पक्राउ गरेको हो।

उनीमाथि ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ।


प्रकाशित: Nov 18, 2022| 21:05 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।