बिहीबार, वैशाख २०, २०८१

यूएईलाई हराउँदै नेपालले जित्यो सिरिज

अन्तिम खेलमा १७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभरमा चार विकेट गुमाएर १८० बनाउँदै ६ विकेटको जित निकालेको हो।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं– कीर्तिपुरको त्रिवि मैदानमा ओपनर आशिफ शेखले पूर्वकप्तान ज्ञानेन्द्र मल्लसँत शतकीय साझेदारी गरेपछि नेपालले युएइसँगको एकदिवसीय सिरिज २–१ ले जितेको छ। अन्तिम खेलमा १७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभरमा चार विकेट गुमाएर १८० बनाउँदै ६ विकेटको जित निकालेको हो।

triton college

यसअघिका दुई खेलमा दुवै टिमले एक-एक जित निकालेर बराबरी गरेका थिए। पहिलो खेलमा युएईले ८४ रनको जित निकालेको थियो भने दोस्रो खेलमा नेपालले तीन विकेटको जित निकालेको थियो। आजको खेलमा जित निकालेसँगै नेपालले सिरिज २–१ ले जितेको हो।

खेलको १०औं ओभरमा आरिफ शेख आउट हुँदा नेपालको स्कोरबार्डमा २४ रन मात्र थियो। त्यसपछि तेस्रो खेलाडीको रुपमा ज्ञानेन्द्र मैदान छिरेका थिए। अर्जुन र दिपेन्द्रले ३१ औं ओभरमा सतकीय साझेदारी पुरा गरेपछि नेपाल जितको नजिक पुगेको थियो। यद्यपि ज्ञानेन्द्रले ७३ बलमा ६४ रन बनाए। ज्ञानेन्द्रले तीन छक्कासहित १० बाउन्ड्री प्रहार गरेका थिए।

उनलाई साथ दिएका आशिफ शेखले पनि १२ बाउन्ड्रीसँगै ८८ रन बनाएका थिए। १०औं ओभरमै आउट भएका अर्जुनले भने ९ रन बनाएका थिए। नेपालका रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी रनआउट भएका थिए। रोहितले १० रन जोडेका थिए भने दिपेन्द्रले रन जोड्न सकेनन्।

युएईका लागि हजरत बिलाल र आयान अफजल खानले समान १–१ विकेट लिए।

corrent noodles
Metro Mart

पहिलो पारीमा नेपाली बलरले सुरुमा कसिलो र घातक बलिङ गरेपछि नेपालले सामान्य लक्ष्य पाउने आशा गरिएको थियो। ३२ ओभरपछि फ्रस्टेटिङ बलिङ गर्दै नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पायो।

अन्तिममा युएईका युवा खेलाडी आयान खान आएर हजरत विलालसँग ९३ रनबाट साझेदारी गरेपछी उनीहरुले ‍१७६ रनसम्म डोहोर्‍याएका थिए। जहाँ उनीहरुले ८३ रनको साझेदारी गरे। यो अन्तिम विकेटमा गरिएको चौथो धेरै रनको साझेदारी पनि भएको छ।

टस हारेर पहिले ब्याटिङमा आएको यूएई नेपाली बलरमाझ खुलेर खेल्न नसके पनि अन्तिममा राम्रो प्रदर्शन गर्‍यो। त्यसैले उसले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १७६ रन बनायो।

११ रनमै ओपनिङ पार्टनरसिप तोडिँदा यूएईको मुहम्मद वासिम दोस्रो ओभरको दोस्रो बलमै आएट भएका थिए। त्यस्तै भृत्य अरविन्दलाई शून्य रनमै सोमपाल कामीले पेबेलियन फर्काएका थिए। कप्तान सिपी रिजवन पनि आफ्नो पाँचौ बलमै आउट भए। उनले चार रन मात्र बनाउन सके। यूएई तीन ओभर एक बलमै तीन वकेट गिराएर मुस्किलको अवस्थामा पुगिसकेको थियो।

नेपालका लागि युवा बलर गुल्सन झाले पहिलो दुई ओभरमै दुई विकेट गिराएका थिए। दुई ओभरमा १५ रन दिएर दुई विकेट गिराएका गुल्सनले समग्रमा दुई विकेट नै लिए। नेपाली फास्टबलर सोमपाल कामीले पनि दुई ओभरमा पाँच रन मात्र दिएर एक विकेट गिराएका थिए। त्यतिबेलासम्म नेपालले यूएईको टप अर्डर ब्याटिङ लाईनाई भत्काउन सफल भएको थियो। त्यसपछि रोहन मुस्ताफा र अलिशान शरफूले लामो पारी खेले। उनीहरुले खेललाई २४ औं ओभरसम्म पुर्‍याए पनि रोहन ५६ बलमा २४ रन बनाएर आएट भए।

त्यस्तै ६९ बलमा ३३ रन बनाएका सरफुलाई कुशल भुर्तेलले पेवेलियनको बाटो देखाए। आजको खेलमा त्यसपछि पनि नेपाली बलरले यूएईलाई खुलेर खेल्न दिएनन्। लिलत नारायण राजवंशीले बसिल हमिदलाई ८ रन बनाएकै अवस्थामा आरिफ शेखबाट क्याचआउट गराए।

बसिल आउट हुनुअघि नै विष्णु सुकुमारन दिपेन्द्र सिंह ऐरीको बलको सिकार भइसकेका थिए। सुकुमारनले दुई रन मात्र जोड्न सके। नवौं नम्बरमा मैदान छिरेका अहमद राजा त शून्य रनमै आउट भए। कुशलले दोस्रो विकेट लिने क्रममा उनलाई बाहिर पठाएका थिए। त्यसपछि पनि आयान र बिलालले खेललाई अन्तिम ओभरसम्म तन्काएका थिए। जहाँ आयानले ५४ रनको अर्धसतकिय पारी खेले ।

यूएईको एक विकेट मात्र बाँकी रहँदा ३१ औं ओभरको पहिलो बलमा ९३ रन मात्र बनाएको कमजोर अवस्थामा थियो। १० ओभर बलिङ गरेका दिपेन्द्रले दुई विकेट लिएर तीन मेडन राख्दै २२ रन मात्र दिएका छन्। ओभरअल बलिङमा उनको यो उत्कृष्ट फिगर रह्यो। दुई मेडन राखेका ललित नारायण राजवंशीले सात ओभरमा रन मात्र खर्चिए।

प्रकाशित: Nov 18, 2022| 15:59 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।