बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • सुरुमा घातक, अन्तिममा निराशाजनक बलिङ गरेपछि यूएईले दियो प्रतिस्पर्धात्मक लक्ष्य

सुरुमा घातक, अन्तिममा निराशाजनक बलिङ गरेपछि यूएईले दियो प्रतिस्पर्धात्मक लक्ष्य

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल र यूएई सिरिजको अन्तिम खेलमा नेपालले ‍१७७ रनको लक्ष्य पाएको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं – कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल र यूएई सिरिजको अन्तिम खेलमा नेपालले ‍१७७ रनको लक्ष्य पाएको छ। नेपाली बलरले सुरुमा कसिलो र घातक बलिङ गरेपछि नेपालले समामान्य लक्ष्य पाउने आशा गरिएको थियो। ३२ ओभरपछि फ्रस्टेटिङ बलिङ गर्दै नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो।

triton college

अन्तिममा युवा खेलाडी आयान खान आएर हजरत विलालसँग ९३ रनबाट साझेदारी गरेपछि उनीहरुले ‍ १७६ रनसम्म डोर्याएका थिए। उनीहरुले ८३ रनको साझेदारी गरे। यो अन्ति विकेटमा गरिएको चौथो धेरै रनको साझेदारी पनि भएको छ।

टस हारेर पहिले ब्याटिङमा आएको यूएई नेपाली बलरमाझ खुलेर खेल्न नसके पनि अन्तिममा यूएईले राम्रो प्रदर्शन गरेको हो। त्यसैले यूएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १७६ रन बनायो।

११ रनमै ओपनिङ पार्टनरसिप तोडिँदा यूएईको मुहम्मद वासिम दोस्रो ओभरको दोस्रो बलमै आएट भएका थिए। त्यस्तै भृत्य अरविन्दलाई शून्य रनमै सोमपाल कामीले पेवेलियन फर्काएका थिए। कप्तान सिपी रिजवन पनि आफ्नो पाँचौ बलमै आउट भए। उनले चार रन मात्र बनाउन सके। यूएई तीन ओभर एक बलमै तीन वकेट गिराएर मुस्किलको अवस्थामा पुगिसकेको थियो।

नेपालका लागि युवा बलर गुल्सन झाले पहिलो दुई ओभरमै दुई विकेट गिराएका थिए। दुई ओभरमा १५ रन दिएर दुई विकेट गिराएका गुल्सनले समग्रमा दुई विकेट नै लिए। नेपाली फास्टबलर सोमपाल कामीले पनि दुई ओभरमा पाँच रन मात्र दिएर एक विकेट गिराएका थिए। त्यतिबेलासम्म नेपालले यूएईको टप अर्डर ब्याटिङ लाईनाई भत्काउन सफल भएको थियो। त्यसपछी रोहन मुस्ताफा र अलिशान शरफूले लामो पारी खेले। उनीहरुले खेललाई २४ औं ओभरसम्म डोर्यािए पनि रोहन ५६ बलमा २४ रन बनाएर आएट भए।

corrent noodles
Metro Mart

त्यस्तै ६९ बलमा ३३ रन बनाएका सरफुलाई कुशल भुर्तेलले पेवेलियनको बाटो देखाए। आजको खेलमा त्यसपछि पनि नेपाली बलरले यूएईलाई खुलेर खेल्न दिएनन्। लिलत नारायण राजवंशीले बसिल हमिदलाई ८ रन बनाएकै अवस्थामा आरिफ शेखबाट क्याचआउट गराए।

बसिल आउट हुनुअघि नै विष्णु सुकुमारन दिपेन्द्र सिंह ऐरीको बलको सिकार भइसकेका थिए। सुकुमारनले दुई रन मात्र जोड्न सके। नवौं नम्बरमा मैदान छिरेका अहमद राजा त शून्य रनमै आउट भए। कुशलले दोस्रो विकेट लिने क्रममा उनलाई बाहिर पठाएका थिए। त्यसपछि पनि आयान र बिलालले खेललाई अन्तिम ओभरसम्म तन्काएका थिए। जहाँ आयानले ५४ रनको अर्धसतकिय पारी खेले ।

यूएईको एक विकेट मात्र बाँकी रहँदा ३१ औं ओभरको पहिलो बलमा ९३ रन मात्र बनाएको कमजोर अवस्थामा थियो। १० ओभर बलिङ गरेका दिपेन्द्रले दुई विकेट लिएर तीन मेडन राख्दै २२ रन मात्र दिएका छन्। ओभरअल बलिङमा उनको यो उत्कृष्ट फिगर रह्यो। दुई मेडन राखेका ललित नारायण राजवंशीले सात ओभरमा रन मात्र खर्चिए।

यसअघिका दुई खेलमा दुवै टिमले एकएक जित निकालेर बराबरी गरिसकेका छन्। पहिलो खेलम युएईले ८४ रनको जित निकालेको थियो भने दोस्रो खेलमा नेपालले तीन विकेटको जित निकालेको थियो।

यसकारण आजको अन्तिम खेला निकै प्रतिस्पर्धात्म भइरहेको छ। यता यूएईले भने भर्खरै टी १० विश्वकपके खेलेर आएको छ। त्यो विश्वकपक खेलेका धेरै खेलाडी यो टुरमा रहेका छन्। केही नयाँ खेलाडीले पनि मौका पाएका छन्।

प्रतियोगितामा युवा खेलाडी आयान खानले पहिलो खेलमा निकै उत्कृष्ट प्रदर्शन गरेका थिए। दोस्रो खेलमा नेपाली खेलाडी आरिफ शेख र गुल्सन झाले राम्रो प्रदर्शन गर्दै नेपाललाई जितसम्म पुर्याएका थिए

प्रकाशित: Nov 18, 2022| 13:04 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।