सोमबार, वैशाख २८, २०८३

देशका छुट्टाछुट्टै स्थानबाट चार जनाको शव फेला

देशका विभिन्न स्थानबाट चार जनाको शव फेला परेको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- देशका विभिन्न स्थानबाट चार जनाको शव फेला परेको छ।

National life

पर्वतको पैयु गाउँपालिका-६ सरौखोला बस्ने ६४ वर्षीय कमानसिंह थापा सोही ठाउँस्थित खरबारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन्। उक्त खरबारीमा गोरु चराउन गएकोमा साँझसम्म घरमा नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

यस्तै इलाम फाकफोकथुम गाउँपालिका-२ धार्नेखोप बस्ने ६१ वर्षीय दिलबहादुर तामाङ आफ्नै घरबाट करिब १ सय ५० मिटर टाढा बिहीबार मृत अवस्थामा फेला परेका छन्। गाई बस्तुलाई घाँस काट्न जान्छु भनि बुधबार दिउँसो घरबाट हिँडेका उनी घर नआएपछि खोजी  गर्ने क्रममा उनको शव फेला परेको हो। 

खोटाङ, बराहपोखरी गाउँपालिका-५ पौवसेरा मलखु बस्ने ६० वर्षीय राज कुमार राई आफ्नै घरबाट करिब २ सय मिटर टाढा खरबारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन्। घास काट्न भनि घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा खरबारीको भिरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो। 

सिन्धुली, फिक्कल गाउँपालिका-६ कल्लेरी दोभानस्थित सुनकोशी नदीको किनारमा ओखलढुगा सिसंकुगढि गाउँपालिका-४ बस्न २७ वर्षीया कमाला भण्डारी बिहीबार मृत अवस्थामा फेला परेकी छन्। सबै घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Nov 18, 2022| 12:59 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।