सोमबार, वैशाख २८, २०८३

महोत्तरीमा एमाले-माओवादी कार्यकर्ताबीच झडप

माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच महोत्तरीमा झडप भएको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

महोत्तरी- माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच महोत्तरीमा झडप भएको छ। रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमाले कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन्।

National life

एमाले कार्यकर्ताको कुटाइबाट पाँच जना घाइते भएको प्रहरीले जनाएको छ। मदिरा सेवन गरेको एक समूहले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की दिँदै आक्रमण गरेको स्थानीय रामभुषण साहले बताए। 

आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल छन्। उनीहरूमध्ये एक जनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको आरोप छ। माओवादीले भने घटनाको भत्सर्ना गरेको छ।

प्रकाशित: Nov 18, 2022| 12:30 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।