सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ शुल्क बढ्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ शुल्क बढ्यो

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी साधन पार्किङको शुल्क बढाएको छ। प्राधिकरणले मंसिर १ गतेबाट लागू हुने गरी सवारीसाधन पार्किङ शुल्क बढाएको हो।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी साधन पार्किङको शुल्क बढाएको छ। प्राधिकरणले मंसिर १ गतेबाट लागू हुने गरी सवारीसाधन पार्किङ शुल्क बढाएको हो। 

National life

प्राधिकरणले गत जेठ १५ गतेदेखि लागू हुने गरी जारी गरेको विमानस्थल सेवा शुल्क नियमावलीले दिएको अधिकार प्रयोग गरी पार्किङ शुल्क बढाइएको जनाएको छ।  

प्राधिकरणले २०६७ को नियमावलीअनुसार ठेक्का सम्झौता भएकाहरूसँग सम्झौता अवधिसम्म पुरानै दरमा लिने नयाँको हकमा भने नयाँ शुल्क लाग्ने गरी निर्णय कार्यान्वयनका लागि पत्रचार गरेको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

विमालस्थलमा सवारी पार्किङको काम गरिरहेको कम्पनीले नयाँ शुल्क अनुसार नै गर्न निर्देशन दिइएको छ। नयाँ शुल्क अनुसार मोटरसाइकल र स्कुटरधनीले प्रतिघण्टा ४० रूपैयाँ तिर्नुपर्नेछ। 

यसअघि २०६७ सालको नियमावली अनुसार मोटरसाइकल र स्कुटर तथा रिक्सा पार्किङमा प्रतिघण्टा ५ रुपैयाँ तोकिएको थियो। तर अहिले तय भएको रकम पहिलेको भन्दा ३५ रुपैयाँले बढी हो। 

त्यस्तै कारको प्रतिघण्टा २० रूपैयाँ तोकिएमा नयाँ तय भएको रकम प्रतिघण्टा ८० रुपैयाँ रहेको छ।

यस्तो छ बढेको शुल्क

मोटरसाइकल, स्कुटर र रिक्सा : प्रतिघण्टा ४० र प्रतिदिन  २४० रूपैयाँ।

कार, जीप, लेमोजिन, टेम्पो : प्रतिघण्टा ८० र प्रतिदिन ४८० रूपैयाँ।

हल्का सवारी साधन (मिनी बस, माइक्रो बास) : प्रतिघण्टा एक सय र प्रतिदिन ६ सय रूपैयाँ।

बस ट्रक (गह्रौ सवारी साधन) : प्रतिघण्टा १५० र प्रतिदिन नौ सय रूपैयाँ।

प्रकाशित: Nov 18, 2022| 10:28 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।