काठमाडौं– कीर्तिपुरको त्रिवी मैदानमा जारी एकदिवसीय खेलमा नेपालले सानदार सुरुआत गरेको छ। टस जितेर बलिङ रोजेको नेपाले पहिलो तीन ओभरमै तीन विकेट गिराएको छ।
नेपालका लागि युवा बलर गुल्सन झाले दुई ओभरमै दुई विकेट गिराएका छन्। उनले दुई ओभरमा १५ रन दिएर दुई विकेट गिराएका हुन्।
त्यस्तै,सोमपाल कामीले पनि दुई ओभरमा पाँच रन मात्र दिएर एक विकेट गिराएका छन्। यसँगै नेपालले यूएईको टप अर्डर ब्याटिङ लाईनाई भत्काउन सफल भएको छ।
यूएईका मुहम्मख वासिम ११ रनमै आउट भएका छन् भने भृत्य अरविन्दलाई शून्य रनमै सोमपालले पेवेलियन फर्काए।
त्यस्तै, कप्तान सिपी रिजवन पनि आउट भएका छन्। उनले पनि चार रन मात्र बनाउन सके। नेपालले तीन ओभर एक बलमा तीन विकेट लिएको हो।