शनिबार, मंसिर १५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नेपाल र यूएई सिरिजको अन्तिम खेल आज हुँदै

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल र यूएई सिरिजको अन्तम खेल आज हुँदैछ। त्रिवी त्रिकेट मैदानमा हुने अन्तिम खेलमा दुवै टिम जितको लागि खेल्नेछन्।
 |  शुक्रबार, मंसिर २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल र यूएई सिरिजको अन्तम खेल आज हुँदैछ। त्रिवी त्रिकेट मैदानमा हुने अन्तिम खेलमा दुवै टिम जितको लागि खेल्नेछन्।

himalayan bank box

यसअघिका खेलमा दुवै टिमले एकएक जित निकालेर बराबरी गरिसकेका छन्। पहिलो खेलम युएईले ८४ रनको जित निकालेको थियो भने दोस्रो खेलमा नेपालले तीन विकेटको जित निकालेको थियो।

यसकारण आज हुने अन्तिम खेलमा निकै प्रतिस्पर्धात्म हुनेछ। यता यूएईले भने भर्खंरै टी १० विश्वकपके खेलेर आएको छ। त्यो विश्वकपक खेलेका धेरै खेलाडी यो टुरमा रहेका छन्। केही नयाँ खेलाडीले पनि मौका पाएका छन्।

प्रतियोगितामा युवा खेलाडी आयान खानले पहिलो खेलमा निकै उत्कृष्ट प्रदर्शन गरेका थिए। दोस्रो खेलमा नेपाली खेलाडी आरिफ शेख र गुल्सन झाले राम्रो प्रदर्शन गर्दै नेपाललाई जितसम्म पुर्याएका थिए।

यो सिरिजबाट नेपालले नयाँ कप्तान पाएका छन्। फौजरारी मुद्दामा यसअघिका कप्तान सन्दिप लामिछाने जेलमा रहेका कारण नेपाली टिमको कप्तानी रोहित पौडेलले गरिरहेका छन्। खेल कीर्तिपुर मैदानमा ९ बजेबाट सुरु हुनेछ।

Metro Mart
vianet

प्रकाशित: Nov 18, 2022| 08:35 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।