मंगलबार, असार ९, २०८३

यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ७ गतेबाट

नेपाल क्रिकेट संघ क्यानले गर्ने यू १९ राष्ट्रिय क्रिकेट प्रतियागिता यो वर्ष मंसिर सात गतेबाट सुरु हुने भएको छ।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

काठमाडौं– नेपाल क्रिकेट संघ क्यानले गर्ने यू १९ राष्ट्रिय क्रिकेट प्रतियागिता यो वर्ष मंसिर सात गतेबाट सुरु हुने भएको छ।

National life

क्यानले आज सूचना जारी गर्दै यू १९ क्रिकेटको तालिका पनि सार्वजनिक गरेको छ। प्रतियोगितामा सात प्रदेशका सात टिम (प्रदेश १, मधेश, बागमति, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम)को सहभागीता रहेको छ।

ति सबै प्रदेशले समूह चरणमा एक अर्कासँग खेल्नेछन्। समूह चरणको शीर्ष दुईले भने फाइनलमा स्थान बनाउने छन्।

मंसिर सात गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल भने मंसिर १९ गते कीर्तिपुर मैदानमा हुनेछ। खेल कीर्तिपुरसँगै मूलपानी मैदानमा पनि हुनेछ। मूलपानीमा १० खेल हुनेछन् भने उद्घाटन र समापन खेल कीर्तिपुरस्थित त्रिवीको मैदानमा हुनेछ। यि दुई खेलसँगै त्रिवी मैदानमा १२ खेल हुनेछन्।

पहिलो खेलमा बागमतिले गण्डकी प्रदेशको सामना गर्नेछ।

Shivam cement

प्रकाशित: Nov 17, 2022| 17:30 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।