शुक्रबार, जेठ २९, २०८३

बिचौलियाको पछि नलाग्न श्रम मन्त्रालयको आग्रह

वैदेशिक रोजगारसम्बन्धी सबै सेवा अनलाइनबाट लिन सकिने सुविस्ता भएकाले बिचौलियाको पछि लागेर कार्यालयमा भीडभाड नगर्न मन्त्रालयले अनुरोध गरेको हो।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट लिन सकिने सुविधा रहेकाले बिचौलियाको पछि नलाग्न आग्रह गरेको छ।  

National life

मन्त्रालयले विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत प्राप्त हुने सेवाका लागि भौतिक रूपमा कार्यालयमा उपस्थित भई भीडभाड गर्ने र अनावश्यक समस्या सिर्जना गर्ने काममा संलग्न नहुन तथा सेवा प्रवाहका क्रममा बिचौलिया वा अन्य कुनै व्यक्तिको प्रभावमा नपर्न आग्रह गरेको हो। 

मन्त्रालयका सह–प्रवक्ता थानेश्वर भुसालले सेवा प्रवाह हुने निकायबाट अनलाइन माध्यमबाटै  सबै प्रकारका सेवा आ–आफ्नो स्थानबाट प्राप्त गर्न सबै सेवाग्राहीलाई सुझाएका छन्। 

हाल सेवाग्राहीको नाममा विचौलिया कार्यस्थलमा प्रवेश गरी कर्मचारीलाई कार्य सम्पादनमा असर गर्ने, विधि र प्रक्रिया नमिलेका काम गर्न दबाब दिने, प्रलोभनमा पार्न प्रयत्न गर्ने र आफ्नो निहित स्वार्थ पूरा नहुँदा कार्यालयको काम–कारबाहीप्रति नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढेको मन्त्रालयले बताएको छ। वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयबाट प्रवाह गरिने सबै सेवा अनलाइन प्रणालीमा आबद्ध गरिएको उनले जानकारी दिए।

सरकारले यी निकायबाट सेवा प्राप्त गर्न स्वदेश तथा विदेशमा रहेका सेवाग्राही विभाग वा कार्यालयमा भौतिक रूपमा उपस्थित हुन नपर्ने गरी व्यवस्था मिलाएको छ। कानुनबमोजिम लाग्ने दस्तुर अनलाइन प्रणालीबाटै भुक्तानी गर्ने व्यवस्था गरिएको छ। 

Shivam cement

वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयबाट हुने सेवा प्रवाहको मन्त्रालय स्तरबाट निरन्तर प्रणालीमार्फत तथा स्थलगत रूपमा अनुगमन भइरहेको सह–प्रवक्ता भुसालको भनाइ छ। मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकमा विभागीय प्रमुख समेतको उपस्थितिमा सेवा प्रवाह र गुनासो सम्बोधन सम्बन्धमा सघन रूपमा छलफल गरी सोको निराकरण गर्ने व्यवस्था गरिएको उनले बताए।

प्रकाशित: Nov 17, 2022| 11:16 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्