शनिबार, कात्तिक २९, २०८२

यू-१९ क्रिकेट छनोटमा कञ्चनपुर र डडेल्धुरा फाइनलमा भिड्दै

महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत गर्दै फाइनलमा स्थान बनाएका हुन्।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

दोधारा चाँदनी- कञ्चनपुर र डडेल्धुरा जारी वाइवाइ यू–१९ सुदूरपश्चिम छनोट प्रतियोगिताको फाइनलमा आज भिड्दै छन्।

National life

महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत गर्दै फाइनलमा स्थान बनाएका हुन्। 

टस जितेर ब्याटिङ रोजेको कञ्चनपुरले निर्धारित ४० ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ७८ रन जोड्न सफल भयो। कञ्चनपुरका लागि राहुल चन्दले २३ बलमा सर्वाधिक २५ रन बनाए। यस्तै अभिषेक थापाले १२ बलमा १४ रन तथा हेमन्त धामीले १० बलमा १३ रन बनाए। 

यसैगरी ७९ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको अछामले निर्धारित ४० ओभरको खेलमा १६ दशमलव पाँच ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ४८ रन बनाउन सक्यो। उसका लागि हरिश धामीले १७ बलमा सर्वाधिक १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन्। उक्त खेलको म्यान अफ दी म्याच कञ्चनपुरका हेमन्त धामी घोषित भए।

त्यसैगरी अर्को खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित गर्‍यो। टस जितेर पहिला ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनायो। एक सय ४१ रनको लक्ष्य पछ्याएको कैलालीले २६ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै मात्र ७९ रन बनाउन सक्यो। डडेल्धुराका लागि कप्तान कैलाश ऐरले २१ बलमा २४ रन बनाए। यस्तै अरुणप्रकाश दानीले ३१ बलमा १७, विकास ऐरले अविजित रहँदै १८ बलमा १७, निर्मल पुन मगरले ३७ बलमा १६, दिपक बोहराले १७  बलमा १४ तथा सचीन साउदले २३ बलमा १४ रन बनाए। 

Laxmi sunrise bank
kumari

जवाफी ब्याटिङ गर्ने क्रममा कैलालीका लागि नरेन साउदले १४ बलमा १८, प्रवेश साउदले २४ बलमा २४, सन्दीप विष्टले ३९ बलमा १४ र दिनेश ओडले २७ बलमा १४ रन बनाए। उक्त खेलको म्यान अफ दी म्याच डडेल्धुराका कृष्ण विष्ट घोषित भए।

जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले प्रदेशका सबै जिल्लाका टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरेर सुदूरपश्चिम प्रदेशको टोली बनाइने बताए। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर सात गतेदेखि काठमाडौँमा वाइवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै छ। 

प्रकाशित: Nov 17, 2022| 08:41 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।