शनिबार, कात्तिक २९, २०८२

अञ्जनको गोलमा नेपाल विजयी [७ तस्बिर]

जर्सी नै खोलेर खुशीयाली मनाएका अन्जनले पहेँलो कार्ड पनि पाए।अन्जनले बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं- नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा नेपाल १-० ले विजयी भएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले अञ्जन विष्टको एक गोलमा नेपाल विजयी भएको हो।

National life

खेलको ८३ औं मिनेटमा गोल गरेका अञ्जनको गोल नै निर्णायक बनेको हो। जर्सी नै खोलेर खुशीयाली मनाएका अन्जनले पहेँलो कार्ड पनि पाए।अन्जनले बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए।

नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका हरि खड्कासँग बराबरी गरेका छन्। हरिले ११ गोल गरेका थिए भने आजको गोलसँगै अञ्जनले पनि नेपालका लागि गरेको गोल संख्या ११ नै पुर्‍याएका छन्। नेपालका लागि सर्वाधिक गोल निराजन रायमाझीले गरेका छन्। उनले अन्तरराष्ट्रिय खेलमा नेपालका लागि १३ गोल गरेका छन्।

आजको खेल रोहित चन्दले पहिलो पटक कप्तानी गरेका थिए। आज मिडफिल्डर आभास लामिछानेले राष्ट्रिय टिममा डेब्यू गरेका छन्।

प्रकाशित: Nov 16, 2022| 20:01 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।