सोमबार, वैशाख २८, २०८३

आपसी विवादमा चिर्पट प्रहार, युवकको मृत्यु

चिर्पट प्रहारबाट १२ दिनअघि घाइते भएका बूढीगंगा गाउँपालिका–७ का २३ वर्षीय करण सरदारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

National life

विराटनगर– मोरङको बूढीगंगा-५ मा चिर्पटले हानेर एक युवकको हत्या भएको छ। चिर्पट प्रहारबाट १२ दिनअघि घाइते भएका बूढीगंगा गाउँपालिका–७ का २३ वर्षीय करण सरदारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।

सरदारको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा मंगलबार राति मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए। उनका अनुसार आपसी विवादमा करणलाई बूढीगंगा–५ का २४ वर्षीय राजेश सरदारले चिर्पटले प्रहार गरेर घाइते बनाएका थिए। 

करणलाई गत कात्तिक १८ गते राति ८ बजेतिर राजेशले चिर्पटले हानेका हुन्। राजेशलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 16, 2022| 22:30 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।