काठमाडौं- दशरथ रंगशालामा जारी नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा नेपाली टिमले अग्रता बनाएको छ। खेलको ८२औं मिनेटमा नेपालका अन्जन विष्टले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएका हुन्। विष्टको यो ११औं अन्तर्राष्ट्रिय गोल हो।
दशरथ रंगशालामा घरेलु टोलीले आज ५०औं खेल खेलिरहेको हो। नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो।
सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक आमनेसामने भएका हुन्। त्यसबेला नेपाल २–१ गोलले पराजित भएको थियो। दुई देशबिच अहिलेसम्म १७ खेल भएकोमा पाकिस्तानले सात र नेपालले पाँच खेल जितेका छन्। पाँच खेल बराबरी भएका थिए।