आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ब्याजदर बढाउने र आयात घटाउने नीतिले अर्थतन्त्रमा सुधार, साढे १२ अर्ब बचतमा शोधनान्तर

ब्याजदर बढाउने र आयात घटाउने नीतिले अर्थतन्त्रमा सुधार, साढे १२ अर्ब बचतमा शोधनान्तर

राष्ट्र बैंकले सार्वजनिक गरेको असोजसम्मको आर्थिक तथा वित्तीय स्थिति अनुसार शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ बचत छ।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं- पछिल्लो १५ महिनायता निरन्तर रूपमा ‌घाटामा रहेको शोधनान्तर स्थिति बचतमा देखिएको छ। विदेशी मुद्राको सञ्चिति निरन्तर रूपमा ओरालो लागेपछि सरकारले आयात घटाउने र ब्याजदर बढाउने नीति लिएकाले शोधनान्तर स्थिति बचतमा देखिएको हो। 

बैंकहरूले ब्याजदर बढाएसँगै रेमिट्यान्स आप्रवाहको स्थिति सुधारात्मक देखिएको र विलासी वस्तुको आयातमा गरिएको कडाइका शोधनान्तर अवस्था सहज देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको असोजसम्मको आर्थिक तथा वित्तीय स्थिति अनुसार शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ बचत छ। 

नेपालको कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४८ करोड डलर कायम भएको छ। भदौमा यस्तो सञ्चिति ९ खर्ब ३५ करोड डलर रहेको थियो। असोज महिनामा मात्रै विदेशी मुद्राको सञ्चिति १३ करोड डलरले बढेको छ। उक्त सञ्चितिले ९.६ महिनाको वस्तु तथा ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा चालु खाता ३४ अर्ब २८ करोड घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता घाटा १ खर्ब ४९ अर्ब ८१ करोडले घाटामा रहेको थियो। 

असोजसम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १६.८ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनमा विप्रेषण २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा नेपाली मुद्रा अमेरिकी डलरसँग ३.०१  प्रतिशतले अवमूल्यन भएकाले विप्रेषण आप्रवाह बढेको हो। नेपाली मुद्रा अवमूल्यन हुँदा अमेरिकी डलर बढ्ने भएकाले विदेशमा बसेका नेपालीले पैसा पठाउँदा नेपालमा केही बढी रकम प्राप्त गर्ने भएकाले पनि रेमिट्यान्स आप्रवाहमा सकारात्मक असर परेको देखिएको हो।

असोज महिनामा आयात १६ प्रतिशतले, निर्यात ३५.७ प्रतिशतले र व्यापार घाटा १३.१ प्रतिशतले घटेको छ। यस अवधिमा मुद्रास्फीति भने लक्ष्यभन्दा डेढ प्रतिशतले बढेको छ। सरकारले बजेट मार्फत ७ प्रतिशतमा समित गर्ने लक्ष्य राखेको मुद्रास्फीति ८.५ प्रतिशतले बढेको छ।

प्रकाशित: Nov 16, 2022| 16:55 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्