शनिबार, कात्तिक २९, २०८२

यूएईलाई हराउँदै नेपालले गर्‍यो सिरिज बराबर

पहिलो खेलमा ८४ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा ३ विकेटको जित निकाल्दै सिरिज १–१ को बराबरी गरेको हो।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं– त्रिवि क्रिकेट मैदानमा कमजोर सुरुआत गरेको नेपालले यूएईसँगको सिरिजअन्तर्गत दोस्रो खेलमा जित निकाल्दै सिरिज बराबरी गरेको छ। पहिलो खेलमा ८४ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा ३ विकेटको जित निकाल्दै सिरिज १–१ को बराबरी गरेको हो। 

National life

खेलमा गुल्सन झा प्लेयर अफ द म्याच रहे। यूएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको समय गुल्सनले एक विकेट लिएका थिए। जवाफी ब्याटिङमा उनले ३७ रन बनाए। यूएईले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर १९१ रन बनाएपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको थियो। 

जवाफमा नेपालले ४७ ओभर ५ बलमै लक्ष्य भेट्टायो। नेपालका लागि ज्ञानेन्द्र मल्लले २६, कुशल भुर्तेलले ३५, आरिफ शेखले अविजित ३३ र गुल्सन झाले ३७ रन बनाएका थिए। खेलमा मध्यम लक्ष्य पाए पनि नेपालले जवाफी ब्याटिङमा कमजोर सुरुआत गर्‍यो।

लक्ष्य पछ्याउने क्रममा नेपाले सुरुमै दुवै ओपनर गुमायो। पहिलो ओभरमै अर्जुन साउद हजरत बिलालको हातबाट आउट भएका थिए। उनी ४ बल खेलेर शून्य रनमै बाहिरिए। त्यस्तै, ८ बल खेलेका आसिफ शेखले ६ रन मात्र जोड्न सके। पाँचौं ओभरको पाँचौ बलमा उनलाई बिलाले नै बसिल अहमदको हातबाट क्याच आउट गराएका थिए।

यूएईका रोहन मुस्तफाले तीन तथा हजरत बिलाले २ विकेट लिए। पहिलो पारीमा यूएईको ओपनरका रूपमा आएका मुहमद वासिमलाई ५० रन बनाएको अवस्थामा आउट गराउँदै ललित राजवंशीले पहिलो विकेट लिएका थिए।

Laxmi sunrise bank
kumari

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका ललित र कुशल भुर्तेलले आफ्नो पहिलो विकटसमेत  लिए। ललितले वासिमलाई आरिफ शेखको हातबाट क्याच आउट गराए। 

त्यस्तै, कुकल भुर्तेलले २२ रन बनाएका सिपी रिजवालाई रोहित पौडेलको हातबाट क्याचआउट गराएका थिए। युएईका लागि भृतीय अरबिन्दले २५, एलिसन शरफुले ३५ र बसिल अहमदले २४ रन बनाए। बाँकी खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्।

बुधबारको खेलमा ललितले ३ विकेट गिराए। उनले आयान अफजललाई २ रनमा र जुहुर खानलाई शून्य रनमा आउट गराए। ७ ओभर २ बल बलिङ गरेका सोमपाल कामीले ३ विकेट लिए। उनले बसिल, रोहन मुस्तफा (४ रन) र सबिर अली (७) लाई आउट गराए। नेपालका लागि करण केसी, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले पनि समान १–१ विकेट लिए।

प्रकाशित: Nov 16, 2022| 16:47 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।