काठमाडौं- यूएईविरुद्ध मध्यम लक्ष्य पाए पनि नेपालले जवाफी ब्याटिङमा कमजोर सुरुआत गरेको छ। किर्तिपुरको त्रिवी मैदानमा जारी खेलमा अहिले नेपालले १९२ रनको लक्ष्य पछ्याइरहेको छ। लक्ष्य पछ्याउने क्रममा नेपाले सुरुमै दुवै ओपनर गुमाइसकेको छ।
खेलको पहिलो ओभरमै अर्जुन साउँद हजरत बिलालको हातबाट आउट भएका थिए। उनी चार बल खेलेर शून्य रनमै बाहिरिए।
त्यस्तै आठ बल खेलेका आसिफ शेखले पनि छ रन मात्र जोड्न सके। पाँचौ ओभरको पाँचौ बलमा उनलाई बिलाले नै बसिल अहमदको हातबाट क्याचआउट गराएका हुन्। अहिले मैदान मा ज्ञानेन्द्र मल्ल र रोहित पौडेल खेलिरहेका छन्।