सोमबार, असार ८, २०८३

गृह मन्त्रालयले भन्यो : निर्वाचन केन्द्रित सबै सुरक्षा बन्दोबस्तीको तयारी पूरा

मन्त्रालयले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताएको हो।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं– गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था तयारी पूरा भएको जनाएको छ। मन्त्रालयले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताएको हो।

National life

गृहसचिव विनोदप्रकाश सिंहले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्था सुनिश्चित  गरिएकाले निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरे। ‘देशका सबै ठाउँका मतदान केन्द्रमा सुरक्षा व्यवस्था चुस्त राखिएको छ। नागरिकलाई निर्धक्क भई मतदान गर्न सक्ने वातावरण तयार गर्न सुरक्षा निकाय सक्षम छन्’, सचिव सिंहले भने।

उम्मेदवार, मतदाता, निर्वाचनमा खट्ने कर्मचारी र निर्वाचन सामग्रीको सुरक्षाको उचित प्रबन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मी निर्वाचन केन्द्रमा पुगिसकेको उनले जानकारी दिए। उनले मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर आवश्यकताअनुसार सुरक्षा व्यवस्था मिलाइएको बताए। 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सात वटै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भइसकेका छन्। बैठकमा प्रदेश र जिल्ला स्तरका सुरक्षा निकायसँग, समितिसँग छलफल भएकाले निर्धक्क भएर मतदान गर्न सक्ने वातावरण बनाउन सुरक्षा निकाय सक्षम रहेको उनको भनाइ छ। 

उनले भने, ‘निर्वाचनमा १० हजार ८९२ मतदान स्थल र २२ हजार २ सय २७ वटा मतदान केन्द्र रहेका छन्। हरेक मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी सुरक्षा प्रयोजनलाई वर्गीकरण गरेका छौं। सोहीअनुसार सुरक्षाकर्मी सबै मतदान स्थल र मतदान केन्द्रमा सुरक्षाका लागि खटिइसकेका छन्।’

Shivam cement

प्रकाशित: Nov 16, 2022| 14:17 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...