शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ललित र कुशलले लिए युएईको पहिलो विकेट, नेपाललाई १९२ रनको लक्ष्य

ललित र कुशलले लिए युएईको पहिलो विकेट, नेपाललाई १९२ रनको लक्ष्य

यूएईसँगको दोस्रो एकदिवसीय खेलमा नेपालले १९२ रनको लक्ष्य पाएको छ।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं– यूएईसँगको दोस्रो एकदिवसीय खेलमा नेपालले १९२ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले ४३ ओभर दुई बलमा सबै विकेट गुमाएर १९१ रन बनाएपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो।

National life

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका ललित राजवंशी र कुशल भुर्तेलले आफ्नो पहिलो विकट समेत लिएका छन्। ओपनरका रुपमा आएका मुहमद वासिमलाई ५० रन बनाएको अवस्थामा आउट गराउँदै ललितले पहिलो विकेट लिएका हुन्।

उनले वासिमलाई आरिफ शेखको हातबाट क्याचआउट गराएका थिए। त्यस्तै, कुकल भुर्तेलले चाहिँ २२ रन बनाएका सिपी रिजवालाई रोहित पौडेलको हातबाट क्याचआउट गराएका थिए।

युएईका लागि भृतिय अरविन्दले २५, एलिसन शरफूले ३५ र बसिल अहमदले २४ रन बनाएका थिए। बाँकी खेलाडीले जोर अंकमा रन बनाउन सकेन्। आजको खेलमा ललितले तीन विकेट गिराए। उनले आयान अफजललाई दुई रनमा र जुहुर खानलाई शून्य रनमा आउट गराएका थिए।

सात ओभर दुई बल बलिङ गरेका सोमपाल कामीले चाहिँ तीन विकेट लिए। उनले बसिल, रोहन मुस्तफा(४ रन) र सबिर अली(७)लाई आउट गराए।

Laxmi sunrise bank
kumari

नेपालका लागि करण केसी, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले पनि समान १–१ विकेट लिए।


प्रकाशित: Nov 16, 2022| 12:37 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।