बिहीबार, वैशाख २०, २०८१

२०२४ को राष्ट्रपतीय निर्वाचनमा लड्ने भए ट्रम्प

ट्रम्पले राष्ट्रपतिको उम्मेदवारी घोषणा गर्दै मध्यकालीन निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाएका छन्।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन्। 

triton college

ट्रम्पले अमेरिकालाई गौरवशाली र महान मुलुक बनाउन २०२४ को निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेको सिएनएनले जनाएको छ।

उनले राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारीका लागि आवश्यक कागजात संघीय निर्वाचन समितिलाई बुझाएका छन्।

हालै सम्पन्न मध्यकालीन निर्वाचनमा रिपब्लिकन पार्टीले उत्साही परिणाम ल्याउन नसकेको र आफू निकट उम्मेदवार पराजित भएको अवस्थामा ट्रम्पले उम्मेदवारीको घोषणा गरेका हुन्।

रिपब्लिकनले सिनेटमा बहुमत ल्याएन भने प्रतिनिधिसभामा सामान्य बहुमत छ।

corrent noodles
Metro Mart

ट्रम्पले राष्ट्रपतिको उम्मेदवारी घोषणा गर्दै मध्यकालीन निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाएका छन्।

‘मतदाताले अझै पनि राष्ट्रको पीडालाई बुझ्न सकेनन्। उनीहरूले २०२४ मा आफ्नो मत परिवर्तन गर्नेछन्,’ ट्रम्पले भने।

सन् २०२० को राष्ट्रपतीय निर्वाचन परिणामलाई अस्वीकार गर्दै ट्रम्प समर्थित कार्यकर्ताले संसद् भवनमा हमला गरेका थिए।

ट्रम्पमाथि संसद्मा भवनमा तोडफोड गराएको अभियोगमा अनुसन्धान भइरहेको छ।


प्रकाशित: Nov 16, 2022| 12:20 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।