काठमाडौं- मोरङमा चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
बुढिगंगा गाउँपालिका-७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा सोही गाउँपालिका-५ बस्ने २४ वर्षीय राजेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो।
बुढिगंगा गाउँपालिका-५ हातिमुढामा कात्तिक १८ गते साँझ उनीहरूबीच आपसमा बादविवादमा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका थिए। उनको गोल्डेन अस्पताल बिराटनगरमा गए राति उपचारको क्रममा मृत्यु भएको हो।