आइतबार, भदौ २१, २०८३

अभिनयबाट विश्राम लिँदै बलिउड नायक आमिर खान

भारतीय सिने उद्योगमा ३५ वर्षदेखि काम गर्दै आएका खान आफ्नो परिवारका लागि समय दिन फिल्मी दुनियाँबाट टाढिन लागेका हुन्।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं– बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खानले अभिनयबाट विश्राम लिने भएका छन्। भारतीय सिने उद्योगमा ३५ वर्षदेखि काम गर्दै आएका खान आफ्नो परिवारका लागि समय दिन फिल्मी दुनियाँबाट टाढिन लागेका हुन्।

भारतीय सञ्चार माध्यमका अनुसार उनले आफ्नो परिवार, आमा र छोराछोरीसँग समय बिताउन ब्रेक चाहेको बताएका छन्  

करोडौं फ्यानको मन जितेका खानको ‘लाल सिंह चड्डा’ फल्प भएको थियो। यसअघि डग्स अफ हिन्दुस्तान पनि बक्स अफिसमा कमजोर सावित भएपछि उनी अलिकति निराश थिए।

हलिउड फिल्म ‘फरेस्ट गम’को कपी राइट लिएर ‘लाल सिंह चड्डा’ बनाएका खानले ‘च्याम्पियन्स’ फिल्मको काम सुरु गर्न लागेका थिए। तर उनले अहिले यो भूमिका अस्वीकार गरेका छन्। 

आमिरले यो फिल्म निर्माण गर्न लागे पनि अभिनय गर्न अस्वीकार गरेका छन्। ‘लाल सिंह चड्डा’ फ्लप भएपछि आमिरले यो निर्णय लिएको बताइएको छ। दर्जन बढी यादगार फिल्ममा अभिनय गरेका खानको दंगल, पिके, थ्री इडियट्सजस्ता फिल्म दर्शकको रोजाइमा परेका थिए। 

केही दिनअघि आमिर आफ्नो बाल्यकालको साथीले आयोजना गरेको एक च्याट शोमा दिल्ली पुगेका थिए। कार्यक्रममा आमिरले आफ्नो करिअर र फिल्मबारे खुलेर कुरा गरे। च्याट शोमा आमिरले अब अभिनयबाट ब्रेक लिने योजनामा रहेको बताएका थिए।

ब्रेकको घोषणा गर्दै आमिरले भने, ‘जब म कलाकारको रूपमा कुनै पनि फिल्म गर्छु, त्यसमै हराउँछु। त्यो बेला मेरो जीवनमा अरू केही हुँदैन। म लालसिंह चड्डापछि च्याम्पियन्समा काम सुरु गर्न लागेको थिएँ। फिल्मको स्क्रिप्ट गजबको थियो, कथा पनि मन पर्‍यो। तर त्यसपछि मलाई मेरो परिवार, आमा र छोराछोरीसँग समय बिताउन ब्रेक चाहिन्छ भन्ने लाग्यो।’

प्रकाशित: Nov 16, 2022| 12:15 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।