सोमबार, असार ८, २०८३

विश्वप्रकाशविरुद्धको उजुरी निर्वाचन आयोगले तामेलीमा राख्ने

नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ।

National life

निर्वाचनको बेला अग्नि पीडितलाई आर्थिक सहयोग गरेको र यो निर्वाचन आचारसंहिता विपरीत भएको भन्ने आरोप शर्मामाथि लागेको थियो। तर, उक्त आरोप पुष्टि हुन नसकेको भन्दै आयोगले तामेलीमा राख्ने निर्णय गरेको हो।

शर्माले आगलागी पीडित केबल निरौला र उनका बुवालाई २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए। त्यसबारे आयोगले स्पष्टीकरण सोधेको थियो।

शर्माले गत जेठ ६ गते पीडितलाई ११ हजार रुपैयाँ सहयोग गरेको र त्यसकै निरन्तरता स्वरुप अमेरिकाबाट संकलित थप २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको बताएका थिए। उनले उक्त सहयोग विपदकालीन सेवा र निर्वाचन घोषणा पूर्वदेखिकै कामको निरन्तरता अन्तरगत भएको भन्दै स्पष्टीकरण पेश गरेका थिए।

त्यसैको आधारमा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन नभएको निष्कर्ष निकालेको हो।

Shivam cement

प्रकाशित: Nov 16, 2022| 10:30 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...