भैरहवा- वडाध्यक्षको गाडी संकास्पद भएको भन्दै रुपन्देही प्रहरीले मध्यरातमा चेकजाँच तथा खानतलासी गरेको छ।
रुपन्देहीको सियारी १ का वडाध्यक्षको राप्रपाका नेता समेत रहेका अरुण शाहीले प्रयोग गर्ने बा १६ च २३६३ को गाडीमा शंकास्पद चिज भएको भन्दै वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मधु नेपाल नेतृत्वमा गएको टोलीले मध्यरातमै खानतलासी गरेको हो।
चिल्हीया घरमा पार्किङ गरेर राखेको गाडी खानतलासी गर्दा भने केही नभेटेपछि प्रहरी फर्केको थियो। दोस्रो पटक निर्वाचित भएका शाहीलाई स्थानीयले समेत साथ दिँदै आएका छन्। प्रहरीले गाडी खानतलासी गर्दा स्थानीयले विरोध गरेका थिए।
शाहीको सवारी चेकजाँचगर्दा उनी घरमा थिएनन्। छिमेकी र पत्रकार पुगेपछि प्रहरीले माथिको आदेश अनुसार चेकजाँच गरेको जनाएको थियो।
रुपन्देही प्रहरीले यसअघि कांग्रेसबाट एमाले प्रवेश गरेका एक सियारीकै कार्यकर्ताको गाडी बेथरी चौकीले नियन्त्रण लिएको थियो। एक दिन राखेपछि चौतर्फी आलोचना भएपछि प्रहरी ब्याक भएको थियो।
पूर्व गृहमन्त्री एवं राप्रपा नेता निरञ्जन थापाले प्रहरीलाई दबाब र प्रभावमा परेर कानुन विपरीत काम नगर्न चेतावनी दिएका छन्।