आइतबार, वैशाख १३, २०८३

फ्रान्सलाई अर्को धक्का, एनकुन्कुले पनि विश्वकप गुमाउँदै

विश्वकप सुरु हुन एकसाता भन्दा कम समय बाँकी रहेको समयमा विश्वविजेता फ्रान्सलाई फेरि अर्को धक्का लागेको छ।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं- विश्वकप सुरु हुन एकसाता भन्दा कम समय बाँकी रहेको समयमा विश्वविजेता फ्रान्सलाई फेरि अर्को धक्का लागेको छ।

National life

मंगलबार बेलुकी ट्रेनिङ गर्ने क्रममा फ्रान्सका युवा स्ट्राइकर क्रिस्टोफर एनकुन्कु घाइते भएका छन्। जर्मन क्लब आरबी लेइपिजबाट यो सिजन उच्च लयमा खेलिरहेका एनकुन्कुले विश्वकप गुमाएको अन्तराष्ट्रिय चर्चित पत्रकार फाब्रियो रोमानियोले जानकारी दिएका छन्।

यससँगै फ्रान्समा चोटका कारण विश्वकप गुमाउने खेलाडीमा एनकुन्कुको नाम पनि थपिएको छ। 

यसअघि पउल पोग्वा, एन्गोलो कान्टे, किम्पेम्बे जस्ता मुख्य खेलाडीले फ्रान्सबाट विश्वकप गुमाइसकेका छन्। प्रतियोगितामा समूह ‘डी’मा रहेको फ्रान्ससँगै अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया रहेका छन्। 

फ्रान्सले आफ्नो पहिलो खेल अस्ट्रेलियाविरुद्ध मंसिर ७ गते राति १२:४५ बजे खेल्नेछ। त्यस्तै, डेनमार्कविरुद्ध १० गते राति ९:४५ बजे खेल्ने फ्रान्सले समूह चरणको अन्तिम खेल ट्युनिसियाविरुद्ध १४ गते राति ८-४५ बजे खेल्नेछ।

kumari

फ्रान्सको टिम

गोलकिपरः ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा

डिफेन्डरः लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफेल भारान

मिडफिल्डरः एडुआर्डा कामाभिङ्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबिओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु

अट्याकिङ: करिम बेन्जेमा, किंग्सले कोमन, ओस्मान डेम्बेले, ओलिभिर जिराउड, एन्टोनी ग्रिजम्यान, किलियन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु

प्रकाशित: Nov 16, 2022| 08:30 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।