आइतबार, भदौ २१, २०८३

निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजर गुणस्तरहीन

मतदानका दिन प्रयोग गर्न भनेर निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजर गुणस्तरहीन रहेको पाइएको छ।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं- मतदानका दिन प्रयोग गर्न भनेर निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजर गुणस्तरहीन रहेको पाइएको छ। 

खरिद गरिसकेको स्यानिटाइजर गुणस्तरहीन भएपछि स्यानिटाइजर प्रयोग नगर्न आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई एसएमएस पठाएको छ। 

निर्वाचन आयोगले मंगलबार साँझ पठाएको एसएमएसमा प्राविधिक प्रतिवेदन अनुसार स्यानिटाइजर प्रयोग गर्न अयोग्य देखिएकाले मतदान केन्द्रमा नपठाउन र पठाइसकेको भए सम्भव भएसम्म फिर्ता पठाउन भनिएको छ।उक्त स्यानिटाइजर प्रयोग नगर्न समेत भनिएको छ। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ल्याब टेष्ट गर्दा उक्त स्यानिटाइजर गुणस्तरहीन रहेको पाइएको हो। स्यानिटाइजरमा हुनुपर्ने न्यूनतम गुण नपाइएको र त्यसले अन्य समस्या निम्त्याउन सक्ने भन्दै आयोगले उक्त स्यानिटाइजर प्रयोग नगर्न सूचित गराएको छ। 

आयोगले पठाएको एसएमएसमा भनिएको छ,‘प्राविधिक प्रतिवेदन अनुसार स्यानिटाइजर प्रयोग गर्न योग्य नदेखिएकाले मतदान केन्द्रमा नपठाउनुहुन र पठाइसकेको भए सम्भव भएसम्म फिर्ता गर्न/गराउनु हुन र स्यानिटाइजर कसैले पनि प्रयोग नगर्न जानकारी गराउनुहुन अनुरोध छ। निर्वाचन आयोग।’

प्रकाशित: Nov 16, 2022| 08:20 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...