सोमबार, वैशाख २८, २०८३

बुटवलमा तार व्यवस्थापन गर्न कार्यदल

समितिले बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र सैनामैना नगरपालिका क्षेत्रका तार व्यवस्थापन गर्ने, अव्यवस्थित र अनावश्यक तार हटाउने काम गर्ने कार्यदलका संयोजक विद्युत प्राधिकरण बुटवल केन्द्रका प्रमुख सुरेश कुमार महतोले बताए।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

बुटवल– रुपन्देहीको मुख्य शहरी क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापन गरिने भएको छ। मंगलबार बुटवल उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले तार व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुखको संयोजकत्वमा कार्यदल बनाएको छ। 

National life

समितिले बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र सैनामैना नगरपालिका क्षेत्रका तार व्यवस्थापन गर्ने, अव्यवस्थित र अनावश्यक तार हटाउने काम गर्ने कार्यदलका संयोजक विद्युत प्राधिकरण बुटवल केन्द्रका प्रमुख सुरेश कुमार महतोले बताए। 

सडकमा अव्यवस्थित रहेका तारहरुले शहरी सौन्दर्य बिगारेको र बारम्बार दुर्घटना निम्त्याएकोले तार हटाएर शहरलाई सफा र सुन्दर बनाउने कामलाई अघि बढाउन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निर्देशन दिए।

उनले शहर क्षेत्रभित्रका अव्यवस्थित तारका कारण कैयौं दुर्घटना भएको, जनधनको क्षति भएको, शहर अव्यवस्थित र कुरुप देखिएकाले मंसिरभित्रमा सबै तार व्यवस्थित गर्न कार्यदललाई निर्देशन दिए। 

‘जुन जुन सेवा प्रदायक संस्थाका तार अव्यवस्थित छन्, त्यो व्यवस्थापन गर्ने, अनावश्यक तारहरु हटाउने र तारहरुमा कम्पनीको ट्याग लगाउने काम छिटै अघि बढाउनुस्,’ उनले भने। 

कार्यक्रममा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, केबुल टिभी, इन्टरनेट सेवा प्रदायक संघ लगायतका निकायको उपस्थिति थियो।

प्रकाशित: Nov 15, 2022| 19:40 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।