सोमबार, वैशाख २८, २०८३

मेलम्चीको पानी काठमाडौं पठाउन सुरु

वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

सिन्धुपाल्चोक- वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौं पठाउनका लागि काम सुरु गरिएको छ। वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन। 

National life

यस वर्ष सुरुङमा खासै क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको थियो। सो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए। 

अहिले आयोजनाको टोली मुहान मर्मतमा खटिएको उनले जानकारी दिए। आवश्यक उपकरणसहितको टोली आयोजनास्थलमा खटिएको र खोला डाइभर्टलगायत केही काम सुरु गरिएको उनले बताए। भोलिदेखि सुरुङ खोतल्ने काम सुरु हुने उनको भनाइ छ। सुरुङभित्र खासै क्षति नभएको, सुरुङ बाहिर पनि गत सालभन्दा आधा मात्र सरसफाइ गर्नुपर्ने देखिएको उनले बताए। 

जतिसक्दो छिटो पानी सुरुङमा पठाउने गरी काम गरिने उनको भनाइ छ। उनका अनुसार सडक अवरुद्ध भएकाले मेसिन आयोजनास्थलमा पुर्‍याउन नसक्दा पानी ल्याउन ढिलाइ भएको हो। विसं २०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेडवक्र्समा क्षति पुर्‍याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तस्रो सातासम्म पानी लगिएको थियो।

विसं २०७८ असार १ गते सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवक्र्स क्षेत्रमा क्षति पुगेको थियो । गेग्रान हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले गर्ने छ। रासस

प्रकाशित: Nov 15, 2022| 20:30 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।