सोमबार, वैशाख २८, २०८३

मनाङमा पर्यटकको संख्यामा वृद्धि

र्यटकीय मौसम समेत भएकाले यस क्षेत्रमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

मनाङ- मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारी तिव्र बनेको छ। यही बेला पर्यटकीय मौसम समेत भएकाले यस क्षेत्रमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ। अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वका विभिन्न देशबाट आएका पर्यटक यतिबेला मनाङमा भेटिन्छन्।

National life

पर्यटक आउने अनुकूल समय भएकाले पर्यटक मनाङमा भित्रिने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका लेखापाल खुसी राउत कुर्मीले जानकारी दिए। उनका अनुसार मनाङमा कात्तिकमा मात्र दुई हजार एक सय १६ विदेशी पर्यटक भित्रिएका छन्। पुरुष एक हजार दुई सय ६४ र महिला आठ सय ५२ जना रहेका छन्। 

विदेशी पर्यटक तिलिचो ताल, थोराङ्ला पास, मनास्लु हिमाल आरोहण लगायतका स्थानमा जाने गरेका छन्। ‘जिल्लामा यस सिजनको मध्यमा उच्च सङ्ख्यामा पर्यटकको आगमन भएको छ। यसले जिल्लाको आर्थिकस्तर वृद्धि गर्नेछ। पर्यटकको उल्लेख्य आगमनले मनाङवासीमा खुसियालीका साथै उत्साह थपिदिएको छ’, कुर्मीले भने, ‘कात्तिकमा फ्रान्स, जर्मनी, युके, अमेरिका लगायतका देशबाट पर्यटक आएका छन्।’

आयोजनाका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असोजको पहिलो सातासम्म तीन हजार आठ सय १८ पर्यटक मनाङ भित्रिएका थिए।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङ्गे चौतारामा रहेको छ। अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ। काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् भने पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित पैदलयात्राको सुरुआत गर्दछन्।

प्रकाशित: Nov 16, 2022| 05:05 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।