सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका १३ कार्यकर्ता पक्राउ

निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका १३ कार्यकर्ता पक्राउ

मंगलबार कुश्मिसेरा बजारमा नेकपा मशालले आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबाट पार्टी पोलिटब्युरो सदस्य ७० वर्षीय कृष्णराज पौडेलसहित १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

बागलुङ- मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी मशालका १३ नेता कार्यकर्तालाई बागलुङ प्रहरीले पक्राउ गरेको छ।

National life

मंगलबार कुश्मिसेरा बजारमा नेकपा मशालले आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबाट पार्टी पोलिटब्युरो सदस्य ७० वर्षीय कृष्णराज पौडेलसहित १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

बागलुङका एसपी दयानिधी ज्ञवालीका अनुसार कुश्मिसेरा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक मिनबहादुर खत्री नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका नेता-कार्यकर्ताको साथबाट निर्वाचन विरोधी पर्चा बरामद भएको ज्ञावालीले बताए।

पक्राउ पर्नेमा अखिल भारत नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष ५३ वर्षीय देबबहादुर लामिछाने, केन्द्रिय सदस्य ४६ वर्षीय सुर्यबहादुर थापा, जैमिनी नगर सदस्य ५४ वर्षीय रमाकान्त शर्मा, रत्तिम सांस्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष ५२ वर्षीय दलबहादुर विक छन्।

यस्तै नेकपा (मशाल)का कास्की जिल्ला प्रवक्ता ४३ वर्षीय विक्रम थापा, बागलुङ जिल्ला सदस्य ४२ वर्षीय दिपक गुरुङ, काठमाडौ महानगर अध्यक्ष ४६ को खगेश्वर शर्मा, समर्थक ३९ वर्षीय लालबहादुर नेपाली, ३५ वर्षीय सागर कुँवर, ४८ वर्षीय आकाश गौतम र ३० वर्षीय पहाड विष्ट र पार्टीका केन्द्रिय प्रतिनिधि ४७ वर्षीय नारायण सापकोटा पक्राउ परेका छन्। उनीहरूलाई कुश्मिसेरा प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 15, 2022| 18:21 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।