शुक्रबार, वैशाख ७, २०८१

मोरङ ५ : मण्डल र यादवलाई जोगीको चुनौती

आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट निवर्तमान सांसद शिवकुमार मण्डल (केवट), एमाले–जसपा गठबन्धनबाट जसपाका राजकुमार यादव र स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (गनगाई) जोगी प्रतिष्पर्धामा छन्। तीनै जना उम्मेदवारबीच कडा प्रतिष्पर्धा रहेको छ।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, कात्तिक ३०, २०७९

विराटनगर– मोरङका ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र ५ नम्बरमा त्रिपक्षीय प्रतिष्पर्धा देखिएको छ। यस क्षेत्रमा अघिल्ला निर्वाचनहरुमा पनि त्रिपक्षीय नै प्रतिष्पर्धा हुँदै आएको हो। अघिल्ला निर्वाचनको तुलनामा अहिले परिवेश फेरिएको छ। अघिल्ला निर्वाचनमा २०६४, ०७० र ०७४ सम्म नेपाली कांग्रेस, तत्कालिन मधेशी जनअधिकार फोरम (हालको जसपा) र माओवादी केन्द्रको प्रतिष्पर्धा हुँदै आएको क्षेत्र हो। 

triton college

आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट निवर्तमान सांसद शिवकुमार मण्डल (केवट), एमाले–जसपा गठबन्धनबाट जसपाका राजकुमार यादव र स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (गनगाई) जोगी प्रतिष्पर्धामा छन्। तीनै जना उम्मेदवारबीच कडा प्रतिष्पर्धा रहेको छ।

मण्डल र यादववीच तेश्रो प्रतिष्पर्धा
मोरङ क्षेत्र नंं. ५ मा मण्डल र यादवको यो तेश्रो भेट हो। यसअघिका दुवै निर्वाचनमा मण्डल विजयी भएका थिए। ०७० सालको दोस्रो संविधानसभा र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा मण्डल विजयी हुँदा यादव तेस्रो भएका थिए। ०७० सालमा सो क्षेत्रबाट माओवादी उम्मेदवार मण्डलले ९ हजार ३६० मतसहित विजयी हुँदा कांग्रेस उम्मेदवार गयानन्द मण्डलले ९ हजार ३ सय ५२ मत पाएका थिए। ८ मतले पराजित भएका कांग्रेसका गयानन्द अहिले प्रदेश सभातर्फ ५ (क) का उम्मेदवार छन्। पहिलाका प्रतिष्पर्धी अहिले सँगै मत माग्दै उनीहरु हिँडिरहेका छन्। 

२०७४ सालमा माओवादी केन्द्रका मण्डलले कांग्रेसका अमृत अर्याललाई ३ हजार ७९२ मतले पराजित गरे। एमाले–माओवादीको बाम गठबन्धनका कारण मण्डलले २२ हजार ९ सय ४५ मत प्राप्त गर्दा अर्यालले १९ हजार १५३ मत पाएका थिए। अघिल्लो निर्वाचनको तुलनामा उनले मतान्तर बढाएका थिए। जसपा उम्मेदवार राजकुमार यादवले १८ हजार ६४९ मत पाएका थिए। 

०७० र ०७४ मा पराजित भएका यादव यस पटक एमालेको समर्थनमा चुनाव जित्ने दाबी गर्छन्। आफूले सहानुभूति मत पनि पाउने उनको विश्वास छ। सत्ता गठबन्धनका उम्मेदवार मण्डल एक पटक मन्त्री भइसकेको र दुई पटक प्रतिनिधिसभा सदस्य भए पनि जनताको पक्षमा काम नगरेको यादवको आरोप छ। निर्वाचन जितेर गएपछि जनताका समस्या मण्डलले भुलेको उनको भनाइ छ। 

corrent noodles
Metro Mart

माओवादी केन्द्रका मण्डलले तेश्रो पटक निर्वाचन जित्ने दाबी गरे। उनले सत्तारुढ गठबन्धनको राम्रो प्रभाव रहेकाले आफूले निर्वाचन जित्ने तर्क गरे। गठबन्धनको सहयोगमा निर्वाचन जित्नेमा उनी ढुक्क छन्। ०७० र ०७४ को निर्वाचनमा मण्डलले पराजित गरेका कांग्रेसका उम्मेदवारहरु गयानन्द मण्डल ५ (क) र अमृत अर्याल ५ (ख) मा प्रदेशका उम्मेदवार छन्। 

कमजोर छैनन् जोगी
एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल नहुँदासम्म योगेन्द्र मण्डल (जोगी) एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए। सो क्षेत्रबाट एमालेले तीन जनाको नाम सिफारिस गरे पनि मण्डलको टिकट निश्चित थियो। तर, अन्तिम समयमा एमाले–जसपा गठबन्धनका कारण सो क्षेत्र एमालेको भागमा परेन। 

जसपाको प्रभाव क्षेत्रका कारण उसले प्रतिनिधिसभा तर्फ क्षेत्र नं. ५ नै रोज्यो। ५ बाहेकका स्थानमा ऊ कमजोर छ। स्थानीय तह निर्वाचनमा जसपा क्षेत्र नंं ५ मा तेश्रो शक्ति हो। एमालेले आफ्नो उम्मेदवार बनाउन नपाएपछि प्रदेश कमिटी सदस्य समेत रहेका मण्डलले एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिए। 

एमालेबाट प्रतिनिधिसभा सदस्यमा प्रतिष्पर्धा गर्नकै लागि भनेर उनी पछिल्लो २ वर्षदेखि राम्रोसँग तयारी गरिरहेका थिए। एमालेले उनलाई टिकट दिने निश्चित पनि थियो। संगठन विस्तार र जनतासँगको निरन्तर भेटघाटमा उनी थिए। निर्वाचनका समयमा मात्रै जनताका घरमा पुग्ने नेताहरुको तुलनामा उनले पृथक ढंगले आफ्नो अभियानलाई अघि बढाइरहेका थिए। 

उम्मेदवार हुने मनस्थिति बनाइसकेका मण्डलले अन्तिममा पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रबाट प्रतिष्पर्धा गरिरहेका छन्। उनी जीवन विकास समाज गैरसरकारी संस्थाका अध्यक्ष पनि हुन्। क्षेत्र नं. ५ मा जीवन विकासले स्थानीयसँग सामाजिक सेवा अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। जीवन विकास समाजले पछि लघुवित्त कार्यक्रम शुरु गर्यो। सो क्षेत्रमा लघुवित्त कार्यक्रम सञ्चालन गरेर गरिवी रहित नेपाल निर्माणको अभियान सञ्चालन गरेका मण्डल सो क्षेत्रका लागि परिचित व्यक्ति हुन्। 

मण्डलको उम्मेदवारीले माओवादी केन्द्रका शिवकुमार मण्डल र जसपाका राजकुमार यादवलाई चुनौती दिएको छ। स्वतन्त्र उम्मेदवार मण्डलका हरेक कोणसभा, घरदैलो कार्यक्रममा उल्लेख्य समर्थकहरु पुग्ने गरेका छन्। दुवै गठबन्धनका उम्मेदवारको तुलनामा उनको कार्यक्रममा समर्थकहरुको उल्लेख्य सहभागिता हुने गरेको छ। क्षेत्र नंं ५ मा आफ्नो उम्मेदवारीले जनताको मन जितेको मण्डलले बताए। उनले भने,  ‘क्षेत्र नं. ५ मा विकास निर्माण, उद्योगको स्थापना, गरिवी रहित नेपाल र एक घर एक रोजगारी मेरो प्राथमिकता हो।’ 

जसपाका यादवलाई एमालेसँग गठबन्धन गरे पनि धेरै मत मण्डलकै पक्षमा जाने देखेका छन्। यसले उनलाई गठबन्धन गरे पनि झस्काएको छ। माओवादीका शिवकुमारलाई पनि आफ्नो रामै्र मत योगेन्द्रको पक्षमा जाने हो कि भन्ने चिन्ता छ। दुवैजना एकै समुदायका उम्मेदवार रहेकोले मत विभाजन हुने निश्चित रहेको स्थानीयको भनाइ छ।  

यस्तो छ अंकगणित
क्षेत्र नं. ५ मा २४ वटा वडा पर्छन्। रंगेली ४, ५ , ६ र ७, धनपालथान र जहदा गाउँपालिकाका सबै ७–७ वडा, विराटनगर महानगरपालिकाको १३, १४, १५, १६, १७ र १८ नंं. वडा रहेका छन्। 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस र एमालेले ६–६ वटा, माओवादीले ५ वटा, जसपाले ३, राप्रपा र स्वतन्त्रले एक–एक वडामा विजयी भएका छन्। 

वडागत रुपमा कांग्रेसको १९ हजार ४९८, एमालेको १५ हजार ६८०, जनता समाजवादी पार्टीको १३ हजार २१९ र माओवादी केन्द्रको ११ हजार ५५९ मत छ। स्थानीय तह निर्वाचनको मतका आधारमा सत्ता गठबन्धनको ३१ हजार ५७ र एमाले–जसपा गठबन्धनको २८ हजार ८९९ मत रहेको छ। 

 

प्रकाशित: Nov 16, 2022| 07:46 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।