शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा बैठक : एकीकरण विवादको टुंगो लगाउने जिम्मा दुर्इ अध्यक्षलार्इ

नेकपा बैठक : एकीकरण विवादको टुंगो लगाउने जिम्मा दुर्इ अध्यक्षलार्इ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्लो तह र जनवर्गीय संगठनको एकीकरणमा देखिएका विवाद समाधन गर्ने जिम्मा दुर्इ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलार्इ दिइएको छ। 

बुधबार र बिहीबार बसेको सचिवालय बैठकले विवादको समाधान गर्न नसकेपछि नयाँ मापदण्ड बनाएर भए पनि एकता टुंगो लगाउने जिम्मा दुर्इ अध्यक्षलार्इ दिइएको नेता नारायणकाजी श्रेष्ठले बताए। 

श्रेष्ठका अनुसार आवश्यकता परेमा कार्यदल र नेतृत्वमा रहेका अन्य नेताहरूलाई पनि छलफलमा सहभागी गराएर दुई अध्यक्षले मापदण्ड बनाएर समस्या समाधान गर्न सक्नेछन्। 

बिहीबारको सचिवालय बैठकले नयाँ मापदण्ड बनाएर एकीकरण प्रक्रिया टुंग्याउने बताइएको थियो। तर, सचिवालय बैठकले यसको जिम्मा दुई अध्यक्ष ओली र दाहाललाई दिएको छ।

यसअघि भदौ पहिलो साता बसेको सचिवालयको बैठकले कस-कसलाई जिम्मेवारी नदिने भनेर मापदण्ड तयार पारेको भए पनि कसलाई नेतृत्व दिने भन्ने विधि तय नभएकाले अन्योल बढेको नेताहरू बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।