शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सप्तरीमा स्वाईन फ्लु फैलन सक्‍ने भन्दै विद्यालय बन्द

सप्तरीमा स्वाईन फ्लु फैलन सक्‍ने भन्दै विद्यालय बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
राजविराज- सप्तरीको कञ्चनरुप र हनुमाननगर नगरपालिकामा 'एचवानएनवान' (स्वाईन फ्लु) र 'एचथ्रिएनटु' (हङकङ फ्लु)को भाईरस फेला परेकोले रोगको संक्रमण फैलनसक्ने भन्दै विद्यालय बन्दको आव्हान गरिएको छ। 

स्वार्इ फ्लु र हङकङ फ्लुको भाइरस फैलिएर संक्रमण बढ्ने र महामारी हुनसक्ने भन्दै असोज २ गतेसम्मका लागि विद्यालय बन्द गरिएको जनाइएको छ। 

कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा १ जनामा स्वाईन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरन्जनप्रसाद यादवले बताए। ८ जनाको रिपोर्ट आउन अझै बाँकी छ।

भदौ २४ देखि तीन दिनसम्म सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा १ हजार १ सय २२ जनाले स्वास्थ्य  परीक्षण गराएका थिए। जसमध्ये २४ जनाको रगत र र्‍याल परीक्षणका लागि काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो।

ज्वरो र रुघाखोकी बढेर कञ्चनरूप नगरपालिका ७ का १४ वर्षीय दिवश बस्नेत, वार्ड नं. ३ का १४ वर्षीय किशोर राम र  वार्ड नं. ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो।  बढ्दै गएपछि कञ्चरुप तथा हनुमाननगर क्षेत्रमा हेल्थ क्याम्प स्थापना गरी बिरामीको रगत र र्‍याल परीक्षण गरिएको थियो।

ज्वरो तथा रुघाखोकीकै कारण कञ्चनरुप नगरपालिका ४ कविलासाकी ६० वर्षीया वलसाल सरदारको मृत्यु भएको छ। स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि विराटनगरस्थित ग्रिनक्रस हस्पिटममा भर्ना गरिएकी सरदारको उपचारकै क्रममा बुधवार बिहान मृत्यु भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।