शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'टुडेज युथ एशिया' सँगको सहकार्यमा स्ट्याण्डफोर्डका विद्यार्थीको इन्जिनियरिङ डिजाइन

'टुडेज युथ एशिया' सँगको सहकार्यमा स्ट्याण्डफोर्डका विद्यार्थीको इन्जिनियरिङ डिजाइन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौंस्थित टुडेज युथ एशियासँगको सहकार्यमा अमेरिकास्थित स्ट्याण्ड फोर्ड विश्वविद्यालय ग्लोबल इन्जिनियरिङ पोग्रामका विद्यार्थीले दोलखाको एक विकट गाउँको इन्जिनियरिङ डिजाइन गरेका छन्। स्ट्याण्ड फोर्ड विश्वविद्यालयको ग्लोबल इन्जिनियरिङ प्रोग्राम अन्तर्गत विद्यार्थीहरुले उक्त गाउँको डिजाइन तयार गरेका हुन्।

विद्यार्थीहरुले तयार गरेको डिजाइन काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रस्तुत गरिएको थियो। ‘इन्जिनियरिङ फर नेशन बिल्डिङ’ अवधारणाका साथ आयोजना गरिएको कार्यक्रममा स्ट्याण्ड फोर्ड विश्वविद्यालयका ७ जना विद्यार्थीले आफूले तयार गरेको डिजाइनका विशेषतासहित प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा टुडेज युथ एशियाका अध्यक्ष सन्तोष साहले स्ट्याण्डफोर्ड विश्वविद्यालयले नेपालमा पहिलोपटक टुडेज युथ एशियासँग सहकार्य गरेको जानकारी दिँदै आगामी दिनमा पनि यस्तो सहकार्य जारी रहने जानकारी दिए।

नेपाल स्विस फ्रेन्डसिप सोसाइटीका अध्यक्ष तथा दोलखामा स्ट्याण्डफोर्ड विश्वविद्यालयका विद्यार्थीहरुलाइ आतिथ्यता गरेका खेमराज लकाइले भूकम्पपछि इन्जिनियरिङको महत्व झन् बढेको भन्दै स्ट्याण्डफोर्ड विश्वविद्यालयको आगमनले त्यसमा थप मद्दत पुगेको बताए।

विद्यार्थीहरुको प्रस्तुतीकरणपछि उक्त डिजाइन दोलखाकी सांसद शान्ति पाख्रिनलाई हस्तान्तरण गरिएको थियो। डिजाइन ग्रहण गर्दै सांसद पाख्रिनले दोलखाको स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष सहभागी भई घर डिजाइन गरेकोमा स्ट्याण्डफोर्ड विश्वविद्यालयका विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गरिन् । भूकम्पबाट क्षतविक्षत भएको ठाउँमा भूकम्प प्रतिरोधी घर डिजाइन गरिएकाले उपयोगी रहेको उहाँको भनाइ थियो।

सोही कार्यक्रममा आर्टिटेक्ट शीर्षक बानियाँले तराई क्षेत्रका लागि उपयुक्त हुने प्राकृतिक प्रकोप प्रतिरोधी घरको डिजाइन पनि प्रस्तुत गरेका थिए। बानियाँ सन् २०१५ मा आयोजित प्रकोप प्रतिरोधी संरचना डिजाइन प्रतियोगिताका विजेता पनि हुन्। 

तराई क्षेत्रको डिजाइन भूतपूर्व सिँचाइ मन्त्री तथा बर्दियाका सांसद सञ्जयकुमार गौतमलाई हस्तान्तरण गरिएको थियो। डिजाइन ग्रहण गर्दै सांसद गौतमले ०७२ सालमा गएको भूकम्पपछि इन्जिनियरिङको महत्व झन् बढेको भन्दै अब नयाँ ढंगले सोच्नुपर्ने र प्रविधिमा जोड दिनुपर्ने बताए। विकास र वातावरणलाई सामञ्जस्य गरेर जानुपर्ने र त्यसमा इन्जिनियरिङको महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ थियो।

सोही कार्यक्रममा भारतको इन्डिया फाउण्डेशनका अनुसन्धानकर्ता सत्येन्द्र त्रिपाठीले तयार गरेको कुम्भमेला सम्बन्धी सामग्री २ नम्बर प्रदेशसभा सदस्य तथा राजपाका महासचिव मनिष सुमनलाई हस्तान्तरण गरिएको थियो। 

कार्यक्रममा काठमाडौंस्थित विभिन्न दूतावासका प्रतिनिधिहरु, यूएन एजेन्सीका प्रतिनिधिहरु, सांसद, उच्चपदस्थ सरकारी अधिकारीहरु, राष्ट्रिय-अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो।

स्ट्याण्डफोर्ड विश्वविद्यालयको करिब एक शताब्दीदेखि स्ट्याण्डफोर्ड इन्जिनियरिङले प्रविधि, सञ्चार, स्वास्थ्य, उर्जा, व्यापार आदि क्षेत्रमा विभिन्न प्रविधिको विकास र विस्तार गर्दै आएको छ।

टुडेज युथ एशिया सन् २००२ मा काठमाडौंमा स्थापना भएको र पब्लिक डिप्लोमेसीको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै अग्रस्थान बोकेको थिङ्क ट्याङ्क’हो । यसले विकास र अनुसन्धानको क्षेत्रमा विभिन्न कार्यक्रमहरु चलाउँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।