शनिबार, कात्तिक २९, २०८२

सिरिजको पहिलो खेलमा नेपाल ८५ रनले पराजित

यूएईले दिएको २६४ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपालले सिरिजको पहिलो खेलमा नै ८५ रनको हार बेहोरेको छ।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं– सोमबार युएईविरुद्ध १३ औं ओभरमै चार विकेट गुमाएर ४१ रन मात्र बनाएपछि दिपेन्द्र सिंह ऐरी मैदान छिरेका थिए। उनले खस्किसकेको नेपाली ब्याटिङलाई गति प्रदान गर्दै १५६ रनसम्म त पुर्याएका थिए। तर यूएईले दिएको २६४ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपालले सिरिजको पहिलो खेलमा नै ८५ रनको हार बेहोरेको छ।

National life

त्रिविको अन्तर्राष्ट्रिय मैदानमा जारी तीन खेलको नेपाल-यूएई एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। औषत बलिङ गरेको नेपालले २६४ रनको लक्ष्य पायो। जतिबेला यूएईले पूरा ५० ओभरमा सात विकेट गुमाएर २६३ रन बनाएपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको थियो।

जवाफमा नेपालले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १७९ रन मात्र बनाउन सक्यो। यूएईका लागि ओपनिङमा मुहम्मद वासिम र भृतिय अरविन्दले ७५ रनको साझेदारी गरेका थिए। गुल्सनको बलबाट आउट हुनुअघि वासिमले ४१ बलमा ४४ रन बनाएका थिए। दिपेन्द्र सिंह ऐरीको एलबीडब्लू धरापमा परेका अरविन्दले छ चौकासहित ४० रन बनाएका थिए।

७३ बलमा ५३ रनको अर्धसतकिय पारी खेलका रोहन मुस्तफालाई चाहिँ सोमपाल कामीले आरिफ शेखको हातबाट क्याचआउट गराएका थिए। मुस्तफा आउट हुँदा ३८ ओभरमा १८२ रन बनाएर यूएई सहज अवस्थामा पुगिसकेको थियो।

खेलमा अलिसन शरफू २९ रन बनाएर रनआउट भएका थिए भने आर्यन अफजल खान २६ रन बनाएर पेबेलियन फकिर्एका थिए। नेपालका लागि गुलसनले दुई विकेट लिँदा सोमपाल र दिपेन्द्रलले समान १–१ विकेट लिएका छन्। यससँगै नेपालका लागि करण केसी, ललित राजवंशी, हरिशंकर शाह र कुशल भुतेलले पनि बलिङ गरेका थिए।

Laxmi sunrise bank
kumari

दोस्रो पारीमा कमजोर अवस्थामा मैदान छिरेका दिपेन्द्रले ८४ बलमा ५४ रन बनाउँदै आउट भए। दिपेन्द्रलाई सुरुमा साथ दिएका अर्जुन साउद ५१ रन बनाउँदै ३१ औं ओभरमा आउट भएका थिए। सातौं खेलाडीका रुपमा मैदान छिरेका कुशललाई पनि आयानले रिजवनको हातबाट क्याचआउट गराए। सोमपालले पनि तीन रनभन्दा धेरै योगदान दिन सकेनन्।

त्यसअघि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल शून्य र कप्तान रोहित पौडेल दुई रनमै पेबेलियन फर्किएका थिए। दुई बल खेलेका ज्ञानेन्द्र १६ वर्षे बलर आयान खानको सिकार भएका थिए। आयानले त्यसअघि नै आशिफ शेखलाई एलबीडब्ल्यू धरापमा पारेका थिए। उनले रोहित पौडेल र कुशल भुर्तेललाई पनि मैदानमा टिक्न दिएनन्।

१२ रन बनाएका आशिफ शेख सातौं ओभरको पहिलो बलमै आउट भएका थिए। त्यहि ओभरमा अर्को विकेट गुमाएको नेपालले नवौं ओभरमा रोहितलाई पनि गुमाएको थियो।

खेलमा आयानले चार विकेट लिँदा जहुर खान, रोहन मुस्तफा, बसिल अहमद र अहमद राजाले समान एकएक विकेट गिराएका थिए।

प्रकाशित: Nov 14, 2022| 16:29 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।