शुक्रबार, साउन १, २०८३

बझाङमा एक बालकको विभत्स हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- बझाङमा एक बालकको विभत्स ढंगले हत्या गरिएको छ। जिल्लाको छबिस पाथीभेरा गाउँपालिका–७ मजखोरीका महेश बोहराका छोरा आठ वर्षीय कुशलको विभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको हो। 

उनको शव मकै बारीमा फालेको अवस्थामा बिहिबार दिउँसो फेला परेको मृतकका काका किशोर बोहराले जानकारी दिए। मोबाइलका कारण कुशलको हत्या गरेको हुन सक्ने आशंका परिवारले गरेका छन्। 

किशोरका अनुसार कुशल बुधबार स्कूलबाट फर्किएर घर नजिकै तीज कार्यक्रम हेर्न गएका थिए। उनीसँगै आफ्ना बुबासँग स्क्रिन टच मोबाईल मागेर लगेका थिए। कार्यक्रममा मोबाईलका बारेमा स्थानीय एक युवासँग झगडा भएको केहीले देखेकाले मोबाइलकै कारणले उनको हत्या भएको हुन सक्ने परिवारले आशंका गरेको छ। 

जिल्ला प्रहरी प्रमुख डिएसपी प्रविन धितालले घट्नास्थलमा प्रहरी टोली पुगेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको बताए। स्कुलकै पोशाकमा रहेका बालकको निधारमा चोट देखिए पनि उनको हत्या बारे यकिन हुन नसकेको धितालले जानकारी दिए। 

उनले घट्ना बारे अनुसन्धान भइरहेकोसमेत जानकारी दिए। स्थानीयले उनको शव ठूलाठूला ढुंगा राखेर छोपिएको अवस्थामा भेटिएको जानकारी दिए। कुशल स्थानीय पाथीभेरे लिटिल स्टार बोर्डिङ स्कूलमा यूकेजीमा अध्ययनरत थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।