शनिबार, कात्तिक २९, २०८२

यूएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

त्रिविको अन्तर्राष्ट्रिय मैदानमा जारी नेपाल-यूएई एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले २६४ रनको लक्ष्य पाएको छ।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं– त्रिविको अन्तर्राष्ट्रिय मैदानमा जारी नेपाल-यूएई एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले २६४ रनको लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको यूएईले पूरा ५० ओभरमा सात विकेट गुमाएर २६३ रन बनाएको हो। यससँगै नेपालले प्रतिस्पर्धातम लक्ष्य पाएको हो।

National life

यूएईका लागि ओपनिङमा मुहम्मद वासिम र भृतिय अरविन्दले ७५ रनको साझेदारी गरेका थिए। गुल्सनको बलबाट आउट हुनुअघि वासिमले ४१ बलमा ४४ रन बनाएका थिए।

दिपेन्द्र सिंह ऐरीको एलबीडब्लू धरापमा परेका अरविन्दले छ चौकासहित ४० रन बनाएका थिए।

७३ बलमा ५३ रनको अर्धसतकिय पारी खेलका रोहन मुस्तफालाई चाहिँ सोमपाल कामीले  आरिफ शेखको हातबाट क्याटआउट गराएका थिए। मुस्तफा आउट हुँदा ३८ ओभरमा १८२ रन बनाएर सहज अवस्थामा पुगिसकेको थियो।

खेलमा अलिसन सशफू २९ रन बनाएर रनआउट भएका थिए भने आर्यन अफजल खानले २६ रन बनाएर पेबेलियन फकिर्एका थिए।

Laxmi sunrise bank
kumari

नेपालका लागि गुलसनले दुई विकेट लिँदा सोमपाल र दिपेन्द्रलले समान १–१ विकेट लिएका छन्। यससँगै नेपालका लागि करण केसी, ललित राजवंशी, हरिशंकर शाह र कुशल भुतेलले पनि बलिङ गरेका थिए।

प्रकाशित: Nov 14, 2022| 13:01 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।